पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर उम्मेदवार विश्वेश्वर आचार्यले आफ्नोे नेतृत्वमा लायन वर्षमा गरिने कार्ययोजना प्रस्तुत गरेका छन् । उनले ‘सर्भिस फर अ स्माइल थिम’ मा रहेर दिगो विकासमा आधारित कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
आगामी लायन वर्षको नेतृत्वको लागि तयार लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा भएको मिट, ग्रिट एन्ड फेलोसीप कार्यक्रम आचार्यले सो कुरा बताएका हुन् ।
उनले उद्यमशीलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाउँलाई ‘लायन्स उद्यमी गाउँ’ का रुपमा विकास गर्ने र वर्षभरि नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्षित गरी अगाडि बढाइने योजना रहेको जानकारी गराए ।
प्रथम भाइस गभर्नरका उम्मेदवार महेन्द्र पौडेल र द्वितीय भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले गभर्नरले ल्याउने कार्यक्रम सफल बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
आइडी इन्डोर्सीका उम्मेदवार बालकृष्ण बुर्लाकोटीले आफूले लायन्स अन्तर्राष्ट्रियको नेतृत्व गरेपछि धेरै प्रोजेक्ट नेपाल भित्राउने योजना रहेको सुनाए ।
महाधिवेशन पूर्व उनीहरुले सत्प्रतिशत ‘एस’ भोटको अपील गरेका थिए । लायन्सको आगामी चैत १४ मा पोखरामा नवौं महाधिवेशन हुनेछ । जसमा डिष्ट्रिक्ट गभर्नर तथा भाइस गभर्नर निर्विरोध चयन हुनेछन् ।
कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर मनबहादुर रोक्का, लायन्स म्यागेजिनका चिफ एडिटर धनराज आचार्य, लायन लिडर गिरधारी शर्मा, गौतममान श्रेष्ठ, ध्रुव थापा, अशोक श्रेष्ठ, भूगोल शेरचन, राजेन्द्र बाटाजु लगायतले सबै उम्मेदवारलाई आफ्नो साथ रहेको बताउँदै सफलताको कामना गरे ।
लायन्स पोखरा सेन्ट्रलका अध्यक्ष वविन बग्दासको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन डिष्ट्रिक्ट जिएमटि को–अर्डिनेटर दुर्गाप्रसाद हुमागाईं र धन्यवाद ज्ञापन लायन्स काठमाडांै साझा फूलबारीका अध्यक्ष हरिचन्द्र तिवारीले गरेका थिए ।
यसैबीच, बुधबार र बिहीबार गोरखा, आबुखैरेनी, धौलागिरीको म्याग्दी, बागलुङ, पर्वत जिल्ला क्लबहरु बीच मिट, ग्रिट एण्ड फेलोसीप भएको थियो ।
यस्तै, शनिबार तनहुँ र धादिङ क्षेत्रका क्लब बीचमा फेलोसीप भएको थियो भने अघिल्लो महिना काठमाडौं क्षेत्रका क्लबहरु बीच संयुक्त फेलोसीप भैसकेको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स भद्रकालीमा शर्मा
लायन्स ३२५ बी १ काे अधिवेशन : गभर्नरमा विशेश्वर
चैत १४ गते पोखरामा लायन्सकाे कुम्भमेला
हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना
लायन्सले खुवायाे विद्यार्थीलाई सात दिन, सातथरी खाजा
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७