बराह माविमा सभ्य समूह

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
baraha ma ve progrem photo

हेमजा। माछापुच्छ्रे गाउँपालिका–६, भिँडाबारीस्थित बराह माध्यमिक विद्यालयमा सभ्य समूह गठन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशले सुरु गरेको ‘गण्डकी समाजः सभ्य समाजः हामी सचेत छौं’ अभियान अन्र्तगत मंगलबार युवराज गौतमको अध्यक्षतामा समूह निर्माण गरिएको हो ।

समितिको उपाध्यक्ष छात्रतर्फ धर्मेन्द्र शर्मा र छात्रातर्फ रविना विक, सचिवमा विकल ढुंगाना, कोषाध्यक्षमा रश्मि केसी चयन भए । त्यस्तै भेलाले पारस गौतम, सविन सुवेदी, आभाष गौतम, सलिना परियार, अस्मिता परियार र सविन अधिकारीलाई सदस्यमा छनोट गरेको छ ।

कार्यक्रममा धारणा राख्दै गाउँपालिकामा शिक्षा प्रमुख कृष्णप्रसाद भण्डारीले असल नागरिक निर्माण गर्ने योजनाका साथ मन्त्रालयले कार्यक्रम लागु गरेको चर्चा गर्दै अभियानमा सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्ने बताए । उनले विद्यार्थी नैतिकवान् एवं अनुशासित बन्नुपर्ने पनि औंल्याए ।

प्रधानाध्यापक नरबहादुर गुरुङले विद्यार्थीले सानैदेखि सकारात्मक बाटो रोज्नुपर्ने जनाउँदै त्यसमा अभिभावकको अहं भूमिका हुने स्पष्ट पारे । प्रदेश सरकारले थालेको कार्यक्रम महत्वपूर्ण रहेको उनको ठहर छ ।

अनुशिक्षक अर्जुनप्रसाद पौडेलले समूह अन्र्तगत कक्षा ९ देखि १२ सम्मका विद्यार्थी समेटिएको स्पष्ट पार्दै कार्यक्रमको प्रभावलाई समूदाय स्तरसम्म पु¥याउने प्रतिबद्घता जनाए । पौडेलले कार्यक्रमको परिचयबारे जानकारी राख्दै दुव्र्यसन, अपराध र सचेतना, हिंसा, वेचविखन, विपद्, समय, समूह तथा तनाव व्यवस्थापनका बारेमा विद्यार्थी माँझ अवगत गराए । कार्यक्रम अन्र्तगत विद्यालयले प्रत्येक शुक्रबार कक्षा सञ्चालन गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width