पोखरा । पोखरामा जारी सेभेन ए साइड नकआउट अन्तरक्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका खेल भएका छन् । प्रतियोगितामा चाउथे एफसी, सत्य युवा क्लब, एम टुवेल, मालेपाटन एफसी, बाँझापाटन र कमलपोखरी विजयी भए ।
पुरानो टुँडिखेल मैदानमा जारी चौथोे विरेन स्मृति १४ औं बिटी कप प्रतियोगितामा सिमपानी एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै चाउथे एफसी क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलियो ।
अर्को खेलमा सत्य युवा क्लब बाँझापाटन विजयी भयो । संगम एफसीसँगको खेल गोलरहित बराबरी हुँदा टाइब्रेकरमा बाँझापाटन भाग्यमानी बन्यो ।
विष्णुपादुका टिम बिलाई एम टुवेलले ३–०को फराकिलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश ग¥यो । जीतमा मनीष क्षेत्री, अविनाश तामाङ र मनोज गुरुङले समान १ गोल गरे ।
बिन्स बकेटलाई हराउन मालेपाटन एफसीका जेम्स गुरुङले निर्णाय गोल मद्दतले अगाडि बढायो । बाझापाटन टिम बि र रञ्जन मेमोरियल बीचको पाँचौ खेल १–१ गोलको बराबरीमा सकिँदा टाइब्रेकरमा बाँझापाटनल टिम ‘बि’ ले रञ्जनलाई पराजित ग¥यो ।
आयोजक सेतो र लाहाचोक एफसबीचको खेलमा आयोजक विजयी भयो ।
यसैगरी, कमलपोखरी एफसी र फोर टु फाईभबीचको अन्तिम प्रिक्वार्टरफाइनलम १–१ को बराबरीमा सकिएपछि ट्राइबेकरमा कमलपोखरी विजयी भयो ।
प्रतियोगिताको फाइनल शुक्रबार हुने खेल संयोजक निकेश गुरुङले जानकारी दिए । यसअघि नयाँगल्ली युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१