एकै खेलमा ११ गोल

विरेन स्मृति बिटी कप जारी

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७७
BT Photo

पोखरा, १७ फागुन । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथाैं विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको दोस्रो दिन एकै खेलमा ११ गोल गर्दै आयोजक सेतो दोस्रो चरणमा प्रवेश गरेको छ ।

पोखराको पुरानो टुडिखेल मैदानमा भएको खेलमा बिटी सेतोले छोरेपाटन एफसीलाई ११–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

आयोजकको जीतमा सुनिल बिकले डबल ह्याट्रिकको योगदान दिए । त्यस्तै लक्ष्मण रुचाल र विनोद गुरुङले समान २ गोल गरे भने सुदिप पाठकले १ गोल थपे ।

त्यस्तै अर्काे खेलमा फोर टु फाईभ एफसीले आयोजक ओरेन्जलाई ४–१ गोल अन्तरले पराजिय गर्याे ।

फोर टु फाईभको जीतमा सकुल गुरुङले २ गोल गरे भने आशिष क्षेत्री र संगम ठकुरीले समान १ गोलको योगदान दिए । आयोजक ओरेन्जको तर्फबाट राजन केसीले सान्त्वना १ गोल फर्काए ।

नारायण गोपाल शितल देवी क्लबलाई २–० को गोल अन्तरले हराउदै एलजी एशोसियसन दोस्रो चरणमा प्रवेश गर्याे । एलजीको जीतमा प्रियसन गुरुङ र विजय गुरुङले समान १ गोलको योगदान दिए ।

अर्काे खेलमा मेरो नेपाललाई रञ्जन मेमोरियलले २–० गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार रञ्जनको जीतमा सुशान गुरुङ र रोशन छन्त्यालले समान १ गोल गरेका थिए । पाँचौ खेलमा एसवाईसीबीले विष्णु पादुकालाई २–१ गोल अन्तरले पाराजित गर्याे । एसवाईसीबीको जीतमा रविन्द्र मल्ल र खीम गुरुङले समान १ गोल गरे भने विष्णु पादुकाको तर्फबाट विशाल सुनारले सान्त्वना १ गोल फर्काए ।

छैटौ खेलमा लाहाचोक एफसीले काँडे एपेक्सलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान जमायो । लाहाचोकको जीतमा विवेक सन्तोषीले २ गोल र मनिस थापा, दीपेन्द्र नेपाली । अनिल थापा मगरले समान १ गोल दिलाए ।

सातौ खेलमा पाटन एफसीले भदौरे क्लबलाई ३–० गोल अन्तरले हरायो । पाटनको जीतमा कुशल राईले २ गोल र हानोक तामाङले १ गोलको योगदान दिए ।

त्यसैगरी नयांगल्ली र ह्याप्पी ब्रदर्श बिच भएको आठौ खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईबेकरमा नयांगल्ली ३–१ गोल अन्तरले विजयी बन्यो ।

त्यस्तै अन्तिम खेलमा रत्नसमाज सेवा समिति कस्केरीमाथी कमल पोखरी एफसीले १–० को गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । कमल पोखरीको जीतमा हेम आलेमगरले निर्णायक गोल गरे ।

सोमबार समेत ९ खेल सञ्चालन गरिने बताउदै प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले पहिलो खेल भिमकाली क्लब र एम फाईभ बिच हुने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पाँचपटकका च्याम्पियन थ्रि स्टार क्लबले २४ औं आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलबाट आफ्नो यात्रा टुंगाएको छ । पोखरा रंगशालामा…
  • ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित

    विजय नेपाल फागुन १, २०८१
    पोखरा । पोखरा रंगशालामा सर्वाधिक सफल नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेड क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै २४ औं आहारारा…
  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…

hero news full width