सुरु भयो बिटी कपको १४ औं संस्करण

Avatar आदर्श समाज सम्वाददाता
फागुन १६, २०७७
BT Photo

पोखरा । बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता पोखरामा आइतबार सुरु भएको छ । बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा ‘वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा सहित प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता विरेन स्मृति कपका रुपमा खेलाउन थालिएको यो चौथो पटक हो ।

क्लबका सल्लाहकार स्व. विरेन गुरुङको स्मृतिमा आयोजित प्रतियोगिता आगामी २२ गते चल्नेछ । आइतबार भएको पहिलो खेलमा आयोजक बिटी निलोले विजयी सुरुआत गरेको छ । नारायण गोपाल एजुकेसन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै उद्घाटन खेलबाट बिटी निलो दोस्रो चरणमा प्रवेश गरेको हो । बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिक पूरा गरे भने भने दीपक तामाङ र आटिया तामाङले समान १÷१ गोल गरे ।

दोस्रो खेलमा चाउथे एफसीले दोस्रो खेलमा मयुर टाइम्स न्युजलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चाउथेको जीतमा कृष्ण गुरुङ र इमोन छेत्रीले समान १/१ गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।

तेस्रो खेलमा ट्राइबेकरको सहारामा फिटनेस ग्रुप ४–३ गोल अन्तरले विजयी बन्यो । मिरुवा एफसी र फिटनेस ग्रुप बीच भएको खेलमा निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फिटनेस गु्रपका लागि कुमार गुरुङ र टिबिन गुरुङले समान १÷१ गोल गरेका थिए भने मिरुवाको तर्फबाट डेनिस गुरुङले २ गोल गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक गुरुङले जानकारी दिए । उनले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउँदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । गुरुङका अनुसार अनुशासित १ टिमलाई नगद ७ हजारको साथमा सिल्ड प्रदान गरिनेछ ।

कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सोमबार पहिलो चरणकै ९ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • बार्सिलोनाको सानदार जित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १०, २०७८
      पोखरा । स्पेनिस घरेलु लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले…
    • को बन्ला वर्ष खेलाडी महिला ?

      Bijay Nepal विजय नेपाल वैशाख ९, २०७८
      पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६÷७७ को वर्ष उत्कृष्ट खेलाडी (महिला) विधामा ३ खेलाडी मनोयनमा परेका…
    • गलेमको भलिबलमा पुम्दीभुम्दी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित शीतला युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगितामा पुम्दीभुम्दी युवा क्लब प्रथम भएको छ । फाइनलमा आयोजक शीतला…
    • गण्डकी खेलकुद परिषदमा मनोनीतलाई बधाई

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्मा सदस्य सचिवमा मनोनीत मञ्च अध्यक्ष तेजबहादुर गुरुङ लगायतलाई भूतपूर्व खेलाडी मञ्च नेपालले बधाई ज्ञापन गरेको…
    • नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता  खेलाडी सम्मानित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ८, २०७८
      पोखरा, ८ वैशाख । रानीपौवा स्पोर्टस सेन्टर प्रालिले नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ, शर्मिला…

    hero news full width

    sanil ads

    wordlink ads