प्युठानमा सुत्केरीको मृत्यु

रासस
फागुन १६, २०७७
Corona-deaths-1200

प्युठान । प्युठानमा एक सुत्केरीको मृत्यु भएको छ ।

झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए ।

ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो ।

उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए ।  नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ ।

सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width