दमौली । व्यास ४ की आशमाया श्रेष्ठले ३ वर्षदेखि दायाँ आँखाले देखिनन् । एउटा आँखाले मात्र काम गर्न ८० वर्षीया उनलाई समस्या भयो । आर्थिक अवस्था कमजोर हुँदा धेरै टाढा गएर उपचार गराउने सपनासम्म कहिल्यै देखिनन् ।
यत्तिकैमा फागुन ११ मा व्यास २ बालमन्दिर विद्यालयमा आँखा शिविर सञ्चालन हुँदैछ भन्ने थाहा पाइन् । परिवारका सदस्यको साथ लागेर नजिकैको बालमन्दिर विद्यालय पु्गिन् । उपचारकक्रममा आँखाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने सुझाव दिए । अप्रेसनका लागि पैसा थिएन । नगरपालिकाले अप्रेसन खर्च व्यहोर्ने भएपछि ढुक्क भइन् । भनिन्, ‘यो खुसीको बयानै गर्न सक्तिनँ । आँखा देख्ने मेरो सपना रोकिएको थियो । अब आँखा देखेपछि पक्कै दैनिक काम गर्न सहज हुनेछ ।’
श्रेष्ठको जस्तै अन्य ६४ जना ज्येष्ठ नागरिकको आँखाको अप्रेसन नगरपालिकाले नै गरिदिने भएको छ । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले आयोजना गरेको आँखा शिविरमा ७ सय ७० जनाले परीक्षण गराएका थिए । जसमा ६४ जनालाई अप्रेसका लागि पोखरा रिफर गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने, ‘उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरेका थियौं ।’
आँखाको समस्या हुनेमध्ये धेरैलाई मोतिबिन्दु देखा परेको छ र अप्रेसन खर्च नगरपालिकाले गर्ने जनाइएको छ । शिविरमा नगरपालिकाका १४ वटै वडाका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिनुका साथै आवश्यकता अनुसार निःशुल्क औषधि र चस्मा वितरण गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलका अनुसार शिविरको पहिलो दिन व्यास १, २, ३ र ४ का १ सय ६४ को जाँच गरिएको छ ।
फागुन १२ मा व्यास–५, ६, ७ र ८ का दुई सय २१ जना ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिएको छ । त्यस्तै दोस्रो दिन व्यास वडा ९, १०, ११, १२ का २ सय १३ जनाको र फागुन १४ मा वडा १३ र १४ का १ सय ७२ जना ज्येष्ठ नागरिकको परीक्षण गरिएको हो ।
अपरेशनको लागि पोखरा रिफर गरिएको ज्येष्ठ नागरिकलाई नगरपालिकाले नै पोखरा लैजाने र उपचार पश्चात फर्काएर ल्याउने बताईएको छ ।
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
पुराना रुख काट्नेलाई कारबाहीको माग
कास्की पोखरा समाज जापानमा कमल
कर्मयोगी भक्तराज सम्मानित
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१