देश्ना स्मृति कपमा ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७७
Deshna Cup News

पोखरा । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमीफाइनल खेलबाट विजयी बनेका २ टिम शनिबार पुरानो टुडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । उनका अनुसार पहिलो सेमीफाइनल खेलमा सँगम एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा म्यान अफ द म्याच बनेका मनोज गुरुङले ४ गोलको योगदान दिए भने दीपक क्षेत्रीले १ गोल गरे । यता सँगम एफसीका लागि हरी लामाले १ सान्त्वना गोल फर्काए ।

त्यस्तै अर्काे सेमीफाइनल खेलमा भ्याली स्पोर्टस्लाई गार्डेन एफसीले १–० गोलले पराजित गर्दै उपाधि नजिक पुग्यो । गार्डेनका जीतमा सन्तोष कार्कीले निर्णायक गोलको योगदान दिए । उक्त खेलबाट गार्डेनका मन बहादुर गुरुङ म्यान अफ द म्याचको पुरस्कारको हकदार बने ।

कुल १८ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्रदान गरिनेछ ।

त्यस्तै उपविजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । भने विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीकाे दम्पतिलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width