पोखरा । पर्यटन व्यवसायीले साहसिक पदयात्रा पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गरेर निकास दिन सरकार समक्ष आग्रह गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोेसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चललका अध्यक्ष सुशीलराज पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारणे पदयात्रा पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशायी भएको उल्लेख गरे ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड– १९ ले व्यवसायीलाई परेको समस्यामा बारम्बर सरकारसँग लिखित र मौखिकरूपमा अनुरोध गर्दै आयौंँ । थला परेको पदयात्रा व्यवसायीलाई पुनर्जीवन प्रदान गरियोस् ।’
त्यसैगरी सरकारद्वारा जारी गरिएको तर समयसापेक्ष परिमार्जन नगरिएको प्रवेशज्ञा र स्वास्थ्य मापदण्डले पर्यटकलाई समस्या उत्पन्न भइरहेको तर्फ ध्यानाकर्षण गरिएको छ । समग्र पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि पदयात्रा पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी एवं संस्थाको तर्फबाट सुझावसमेत प्रस्तुत गरिएको छ ।
सुझावमा ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अन अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रवेशाज्ञाको सहजीकरण व्यवस्था पूर्ववत् रुपले झैं गराउन भनिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल रिपोर्ट दिन सकिने कोभिड जाँच मेसिन राख्नुपर्ने वा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्नुपर्ने र अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने सुझावमा समेटिएको छ ।
कोरोना विरुद्धको खोप प्राथमिकताका साथ अग्रपंक्तिमा रही काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाका यथाशीघ्र खोल्न पहल गर्न पनि उल्लेख गरिएको छ ।
नेपाल घुम्न आउने पर्यटकले साहसिक पदयात्रामा जाँदा पर्यटक सुरक्षाका कारण कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउन पाउनुपर्ने व्यवस्था लागू गर्न भनिएको छ ।
छिमेकी देशको नाकाबाट भित्रिने पर्यटकलाई सहज बनाए अनुगमन गर्न र हाल कायम रहेको पर्यटकले गर्नुपर्ने कम्तीमा पाँच हजार अमेरिकन डलर बराबर तोकिएको अनिवार्य कोरोना बीमा व्यवस्था हटाउन र खोप लगाएका पर्यटकलाई सहज र निर्वाध रूपमा घुम्न दिन आग्रह गरिएको छ ।
विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले जारी गरेको व्यवसायी जीवन रक्षा कोषको उद्देश्यलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नका लागि अति प्रभावित पदयात्रा व्यवसायलाई प्राथमकतामा राख्नसमेत जोड दिइएको छ ।
Related News
सम्बन्धित समाचार
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१