पोखरा। स्याङ्जाको फेदीखोलास्थित शीतला माविले ६३ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोल्ने वक्ताले सहरमा बसाइँसराइ कारण ग्रामीण भेकका विद्यालय संकटमा परेको धारणा राख्दै गाउँमा आर्थिक गतिविधि हुनुपर्नेमा जोड दिए ।
फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाले गाउँपालिकाको विकासका लागि प्रविधि,पूर्वाधार र प्रोत्साहनलाई जोड दिएको बताए । उनले गाउँको पैसा बजार गएको बताए । गाउँलेका लागि आफ्नो भीरपाखा, वन, पानीको माया रहे पनि आर्थिक क्रियाकलाप अभावमा जीवनयापन कठिन बनेको बताए ।
सुन्दर र समुन्नत फेदीखोलाको नारा बोकेर गाउँपालिका अघि बढिरहेको बताउँदै सुवेदीले गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी २ हजार अनुदान दिएको जानकारी दिए ।
फेदीखोला ४ का वडा अध्यक्ष माधव सुवेदीले गाउँपालिकाले आफ्नै हावापानी, माटो चिनाउने गरी आफ्नै पाठ्यक्रम तयार गर्न लागेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गरुङले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्दै भने, ‘गाउँको विकास गर्न व्यावहारिक शिक्षाका लागि प्रोजेक्टर समेत वितरण गरेका छौं ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेजर दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कर्मफ्लाइट फाउन्डेसनका म्यानेजिङ डाइरेक्टर प्रेमबहादुर कुँवर, साहित्यकार रवीन्द्र माकाजू, शिक्षक अभिभावक संघका अध्यक्ष, छविलाल शर्मा पौडेल, छात्रा नन्जिता गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा छात्रछात्राले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कर्मफ्लाइट फाउन्डेशनतर्फबाट विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरियो ।
Related News
सम्बन्धित समाचार
एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा
एसओएसमा विद्यार्थी परिषद्
बेवारिसेका अभिभावक विद्यालय
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
एक वर्षपछि खुले विद्यालय
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७