हेमजा, ५ फागुन। अन्नपूर्ण गाउँपालिकाका व्यावसायिक कुखुरापालक किसानलाई तालिम दिइएको छ ।
गाउँपालिकास्थित पशु सेवा शाखाको आयोजनामा ३ दिनसम्म आयोजित तालिममा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखराका वरिष्ठ पशु चिकित्सक डा केदारराज पाण्डेले सहजीकरण गरेका थिए।
त्यस अवसरमा खोर व्यवस्थापन, जैविक सुरक्षा, रोगको रोकथाम र उपचार, कुखुरामा नियमित दिइने खोप लगायत विषयमा छलफल गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले गाउँपालिकाले श्रमको सम्मान गर्ने औँल्याउँदै कृषकलाई मेहनतपूर्वक व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
तालिममा सहभागी महेश्वर पौडेल, नवीन गिरी र लक्ष्मी भण्डारीले कुखुरापालनमा सप्लायर्स एवं समयमै चल्ला पाउनमा समस्या भएको बताए ।
सो अवसरमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, पशु शाखा प्रमुख ऋषिराम दाहालले पनि बोलेका थिए।
Related News
सम्बन्धित समाचार
कास्कीमा खुल्यो कृषि ज्ञान केन्द्र
सबै खर्च किसानको पक्षमा छ: मन्त्री लेखबहादुर थापा
बिउका लागि लेखनाथमा आलु खेती
गण्डकी काउ फार्म: सम्झौताको वर्ष बित्यो, काम शून्य
पोखराका किसानलाई परिचयपत्र
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७