पोखरा । बागलुङ–पोखरा मगर समाजको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अध्यक्षमा गजेन्द्र थापामगर चयन भएका छन् ।
समाजको उपाध्यक्षमा सु. चन्द्रबहादुर थापामगर, सचिव रूद्रबहादुर श्रीसमगर, सहसचिव गौरी पुनमगर, कोषाध्यक्ष कृष्णा पुनमगर र सहकोषाध्यक्ष नरमाया पुनमगर चयन भए ।
सदस्यमा सु.मे. सूर्यबहादुर रानामगर, राकेश थापामगर, गिरबहादुर रानामगर, सुनिता रानामगर, धनमाया थापामगर, होमबहादुर थापामगर, शोभा पुनमगर, चन्द्रकली मगर्नी, अमृता थापामगर, हरिमाया श्रीषमगर र रामबहादुर थापामगर चयन भएका छन् ।
समाजका पूर्व अध्यक्ष क्या. मीनबहादुर पुनमगरको संयोजकत्वमा गठित निर्वाचनमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सभापति पदम पुनमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी अध्यक्ष एमबी आस्थामगर र पूर्व सल्लाहकार किरण थापामगरले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रम उद्घाटन समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरले गरेका थिए ।
सो अवसरमा समाजका पूर्व अध्यक्ष भीमबहादुर श्रीषमगर र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश संस्थापक अध्यक्ष कोपिला श्रीसमगरले बोलेका थिए ।
समाजका निवर्तमान अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन सचिव गजेन्द्र थापामगरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७