काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्री राज्यविरुद्धको कसुरमा गिरफ्तार भएकी छन् । पक्राउ परेलगत्तै उनले प्रतिगमनविरुद्ध अन्तिम लडाइँ जारी रहेकाले सबैलाई आफ्नो ठाउँबाट डट्न अपिल गरेकी छन्।
गिरफ्तारपछि मीनभवनस्थित अपराध अनुसन्धान महाशाखामा हिरासतमा रहेकी क्राँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।आफ्नो ठाउँमा डटौं।’
बिहीबार उनकै निवास शंखमुुलबाट प्रहरीले राज्यविरुद्धको कसुरअन्तर्गत दफा–५८ को कसुरको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
१५ माघमा गोरखामा आयोजित आमसभामा बोल्दै झाँक्रीले भनेकी थिइन्–
‘राष्ट्रपतिका कुरा त के गर्नु र? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझेर। म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीको लागि कार्गेड छोडेर, सुख, सुविधा, ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस्। चाबहिल की कता बानेश्वरतिर बसाइँ छ भन्या सुन्याथेँ। होइन भने बालकोट नै गए पनि हुन्छ। र नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस्।
तपाईसँग म पनि अलि भारी हुन्छु होला यै रेखा लोप्चनलाई चुनाव लडाउछाँ र हराउँछौँ। तपाईको लागि म पनि भारी हुन सक्छु त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका हामीले संघर्ष गरेर ल्याएका अधिकारहरूमाथि गिद्धे दृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नको लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार हुन सक्दैनन्। त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भूल थियो। अन्यथा नहोस्, तमाम दिदीबिहिनी हुनुहुन्छ, सहिद परिवार हुनुहुन्छ, यहाँहरूलाई भन्न खोजेको होइन।
मदन भण्डारीको हत्या पछाडि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने जुन गलत साँस्कृतिक अभ्यास गरेको थियो– नेकपा एमालेले त्यसको प्रतिउत्पादक हो– विद्या भण्डारी। आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ। धराणमा हामीले हार्नुको कारण पनि त्यही हो। धराणमा मेयर चाहिँ बिरामी हुनुभयो र बित्नुभयो। मेयरको श्रीमतीलाई टिकट दिएनन् भनेर भोट हालेनन्। त्यहाँ कांग्रेसले जित्यो।
‘सेन्टिमेन्ट’को इमोसनल ब्ल्याकमेलिङको राजनीति पनि बन्द गर्नुपर्ने रहेछ। राजनीतिक विचारधाराकै गर्नुपर्ने रहेछ। त्यसकारण जब विचार सिद्धिन्छ कपाल देखाएर, नाक देखाएर, लुगा देखाएर राजनीति गरिन्छ नी पुग्ने त्यहीँ हो। त्यसबाट आउने चिज पनि त्यहीँ हो।
त्यसकारण हामीले गलत काम गरेकै कारण, नारायणकाजी कमरेडलाई पनि थाहा छ, दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऊ भनेर सबै सचिवालयका नेताको घरमा देउसी खेल्न गएकै हो हामी। उहाँहरूले कानमा तेल हाल्नुभयो। त्यतिन्जेलसम्म उहाँहरूको विद्या भण्डारीले केही बिगा¥या थिएन, हाम्रो पनि त बिगा¥या थिएन। अब थाहा पाउनुभयो। त्यसकारण उहाँहरूभन्दा हामी नै दूरदर्शी थियौँ भन्ने त प्रमाणित भयो नी।’
Related News
सम्बन्धित समाचार
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
hero news full width
मुख्य समाचार
यसरी शुरु हुँदै छ संसद
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७