म्याग्दी । रघुगंगाकी १ ज्येष्ठ नागरिक महिलाले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी छन् । म्याग्दीको रघुगंगा गाउँपालिका, २ भगवतीकी नैनकली भण्डारीले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकी हुन् ।
मंसिरदेखि नै सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरेकी भण्डारीलाई गाउँपालिकाले बेनीमा शुक्रबार सम्मान गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको उपस्थितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले दोसल्ला र सम्मानपत्रले ज्येष्ठ नागरिक भण्डारीलाई सम्मान गरेका हुन् ।
भण्डारीले यसअघि साउनदेखि यता कात्तिक महिनासम्मको १२ हजार रुपैयाँ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरेकी थिइन् । ८५ वर्षीया भण्डारीले राज्यबाट आफूले पाउँदै आएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घोषणा गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । भण्डारी गाउँपालिकाका अध्यक्ष भण्डारीकी आमा समेत हुन् ।
‘राज्यबाट आफूले पाउने सामाजिक सुरक्षा भत्ता नलिई राज्यलाई नै उपलब्ध गराएर योगदान पु¥याएकी भण्डारीलाई गाउँपालिकाले सामाजिक सुरक्षा नियमावली २०७६ नियम १४ बमोजिम उत्कृष्ट नागरिकको रुपमा सम्मान गरेको हो,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।
‘आफूले पाउँदै आएको ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता राज्यलाई नै फिर्ता गरेर जिविकोपार्जन गर्न नसक्ने अन्य असहाय नागरिकलाई सहयोग पुगोस् भन्ने हेतुले आमाले भत्ता नलिने निर्णय गर्नुभएको हो,’ छोरा केबी भण्डारीले भने । उनले आर्थिकरुपमा सक्षम र आफै जिविकोपार्जन गर्न सक्ने नागरिकले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता असहाय र जिविकोपार्जन गर्न नसक्ने नागरिकलाई सहयोग गर्न समेत अपिल गरे ।
Related News
सम्बन्धित समाचार
रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
hero news full width
मुख्य समाचार
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७