संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सभामुखद्वारा सर्वोच्चमा रिट दर्ता

आदर्श समाज सम्वाददाता
माघ २३, २०७७
agni-sapkota-16122019033716-1000×0

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा सिफारिस गरेका व्यक्तिहरुलाई गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत ३९ जनालाई विपक्षी बनाएर सभामुखले रिट दर्ता गराएका हुन्। रिट दर्ता गर्न उनीसहित नेकपाका नेताहरु पनि सर्वोच्च पुगेका थिए।

रिटको पेशी आइतबारलाई तोकिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width