पाेखरा नयाँबजारकाे वर्कसपमा आगलागी

Avatar आदर्श समाज सम्वाददाता
माघ २१, २०७७
aago

सांकेतिक तस्विर ।

पोखरा। पोखराको एक वर्कसपमा बुधबार दिउँसो आगलागी हुँदा २ वटा मोटरसाइकल जलेको छ ।

पोखरा महानगरपालिका– ९ नयाँबजारको बाइक क्रसजोन वर्कसपमा आगलागी भएको भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

सुवास खड्कीले सञ्चालन गरेको वर्कसपमा आगलागी हुँदा एक जना घाइते भएको प्रवक्ता हमालले बताए ।

आगो निभाउने क्रममा पोखरा १७ महतगांैडाका २४ वर्षका सन्दिप खड्गी घाइते भएका हुन् ।

उनको पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलमा उपचार भइरहेको छ । उनको दुवै खुट्टा पोलेको छ ।

आगोलागीबाट आरएक्स र एनके कम्पनीको मोटरसाइकल साथै वर्कसप जलेर नष्ट भएको छ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

वर्कसप जल्दा करिब २० लाख बराबरको क्षति भएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads