संवैधानिक निकायमा नियुक्ति विराेधमा भाेलि आमहड्ताल

आदर्श समाज सम्वाददाता
माघ २१, २०७७
ncp

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड/माधव पक्षले बिहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ ।

पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले बुधबार  साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल गर्ने निर्णय गरेको हाे ।

संवैधानिक निकायमा सिफारिस भएकाहरूलाई नियुक्त तथा शपथ गरेको विरोधमा आकस्मिकरूपमा डाकिएको बैठकले आमहड्ताल गर्ने निर्णय गरेको उक्त दलका एक नेताले बताए ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडा‘डास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर संघर्षका कार्यक्रमको औपचारिक घोषणा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width