पोखरा । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरामा क्रियाशील ४२ जना पर्यटन व्यवसायीका लागि चिनिया भाषा कक्षा तालिम सोमबारदेखि सुरु गरेको छ ।
नेपाल आउने चिनिया पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ एक महिने आधारभूत चिनिया भाषा कक्षा तालिम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिइन् ।
तालिम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुर्नस्थापित गर्नु अहिलेका आवश्यकता भएको बताए ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै चिनिया भाषा कक्षा तालिम बहुउपयोगी बन्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशिराज भण्डारीले कोरोनाले शिथिल बनेको पर्यटनलाई पुनरोत्थान गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा नेपाल पोखरा ओभरसिज चाइनिज एसोसिएसनका सचिव जियाङ हासु, यातायात व्यवस्था कार्यालय पोखराका प्रमुख डिल्लीप्रसाद रिजाल, नाट्टा पूर्व अध्यक्ष परिषद्का सह संयोजक पशुपति पाण्डे, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, सचिव संगीता पौडेल लगायतले कोरोना प्रभावित पर्यटनलाई पुनरोत्थानका लागि सरकारको पर्यटनमैत्री नीति आवश्यक हुनेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१