चुनाव तयारीसँगै विरोध पनि : रामहरि खतिवडा

आदर्श समाज सम्वाददाता
माघ १७, २०७७
Ramhari Photo

पोखरा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नेपाली कांग्रेसले विरोधसँगै चुनावको तयारी पनि गरेको बताएका छन् ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले कांग्रेस सर्वाेच्चको फैसला कुरेर बसेको बताए । ‘यदि संसद पुनःस्थार्पना भयो भने कांग्रेसले आफू बन्ने की अरुलाई साथ लिने निर्णय तत्कालीन अवस्थामा गर्छ,’ उनले भने, ‘चुनावमा जानुप¥यो भने त्यसका लागि कांग्रेसले ६ हजार ७ सय ५३ वडामै गएर कार्यक्रम गरिसक्या छ ।’

सर्वोच्च अदालतले गरेको फैसलालाई मानेर जाने केन्द्रीय समितिको निर्णय भएको उनले स्पष्ट पारे ।

ओलीनेतृत्वको सरकाले चालेको कदम असंवैधानिक, अराजनीतिक, अख्तियारको दुरुपयोग गरेको र प्रधानमन्त्रीले अनाधिकृत रुपमा काम गरेको भन्दै कांग्रेसको केन्द्रीय समितिले ६ हजार ७ सय ५३ वटै वडामा विरोध गर्न भनेको पनि जनाए । ‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ,’ उनले भने, ‘अदालतले संसद पुनःस्र्थापना गरेन र चुनाव भयो भने त्यसको लागि तयारी पनि हो ।’

उनले जेठ अथवा भदौमा पार्टीको महाधिवेशन हुने पनि बताए । ‘पार्टीको विधान अनुसार भदौभन्दा उता म्याद थप्न मिल्दैन,’ उनले भने, ‘चुनाव भए भदौमा नभए जेठमा कांग्रेसको महाधिवेशन हुन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width