चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
JBS_Pokhara-bungee2

पोखरा । पोखरा –२४ हेम्जामा रहेको हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् ।

कोभिड –१९ को कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले माघ १ देखि १३ गतेसम्म देशभरबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो ।

देशभरबाट करिब ५ सय जनाले कपल बञ्जी च्यालेन्ज स्वीकार गरी सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिए । महर्जनले भने, ‘कोभिड १९ कारण बन्द बञ्जी असोज १९ देखि सञ्चालनमा आएको हो । विशेष गरी आन्तरिक पर्यटकहरुको रोजाइमा बञ्जी परेको छ भने जोडीहरुको आर्कषण पनि बढिरहेको छ । हामीले यसैलाई मध्यनजर गर्दै कपल बञ्जी च्यालेन्जको लागि देशभरीबाट आव्हान गरेका थियाैं ।’

उनले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर पाँचसय जनाले सहभागिता जनाएको र लक्की ड्र मार्फत् चारजना विजेता हुन सफल भएको बताए । उनका अनुसार हाइग्राउन्ड बञ्जी नेपालको पहिलो टावर बञ्जी र एसियामा पहिलो व्यावसायिक टेन्डम बञ्जी हो ।

लक्की ड्रबाट काठमाडौंका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडौंका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताए । उनले भने, ‘अहिले सुस्ताएको पर्यटनलाई उकास्न एउटा आधार भनेकै आन्तरिक पर्यटक हो, पोखरा साहसिक खेलको सहर पनि भएकाले यहाँँ एडभेन्चर्स स्पोटर्स टुरिज्मको पनि प्रशस्त सम्भावना छ, यसलाई प्रवद्र्धन गर्न पर्यटक लक्षित कार्यक्रम गर्नुपर्छ ।’ उनले यस्ता पर्यटक लक्षित कार्यक्रमले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले पोखरामा साहसिक गतिविधि धेरै रहेकाले साहसिक खेलमा रुची राख्नेहरुका लागि पनि पोखरा उत्कृष्ट गन्तव्य भएको बताए । ‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कम्पनीले पारदर्शिताका लागि ‘लक्की ड्र’ कार्यक्रमको कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेको थियो । प्रवन्धक महर्जनका अनुसार विजेताहरुले पोखरा लेकसाइडको ३ तारे होटलमा एक रातका खाना बस्नको सुविधा र टेन्डम बञ्जीको उपहार प्राप्त गरेका छन् ।

त्यसैगरी फ्रेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा पनि कम्पनीले माघ १४ गतेदेखिनै ‘गिभ अ वे’ कार्यक्रम सुरु गरेको र त्यसको नतिजा फेब्रुअरी १० मा ३ जना विजेता छानिने कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग