होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०८१
home stay

पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

तालिम समापनको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिं गुरुङले होमस्टे राम्रोसँग सञ्चालन गर्न सकेमा स्थानीय उत्पादनको खपत बढाउनुका साथै आय आर्जन पनि बढाउन सकिने बताए ।

उद्योग तथा पर्यटन महाशाखा प्रमुख रामप्रसाद आचार्य, शाखा प्रमुख डम्बर जिसी, प्रमुख प्रशिक्षक सूर्य न्यौपाने, पोखरा २२ का वडा सदस्य कृष्णकुमारी देवकोटा, राष्ट्रिय होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक प्रकाशचन्द्र गुरुङ, केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक धनिश्वर बस्याल, उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख उर्मिला गुरुङ, महासचिव कृष्ण चौधरी, कोषाध्यक्ष सुरज बास्तोला, भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ, भुम्दी आमा समूह अध्यक्ष राधा गुरुङ लगायतले बोलेका थिए ।

होमस्टे महासंघ गण्डकी अध्यक्ष धनिराम गैरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वतमान अध्यक्ष हरिलाल पौडेल र स्वागत उपाध्यक्ष मोहन खनालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width