जबर्जस्ती करणी अभियोगमा पक्राउ

आदर्श समाज संवाददाता
पौष २२, २०७७
rajkot-arrest

पोखरा । स्याङ्जाको भीरकोटका एक किशोर जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीरकोट ५ का १९ वर्षीय आशीष थापा हुन् ।

उनले विवाह गर्छु भनेर प्रलोभनमा पारी गत पुस १८ गते राति १० बजे १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी जिल्ला प्रहरीमा परेपछि प्रहरीले अनुसन्धानका लागि निज आशीषलाई नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width