स्याङ्जा । कृषि पेसामा आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आँधीखोला गाउँपालिकाले किसानलाई हातेट्याक्टर वितरण गरेको छ । उनीहरुलाई ५० प्रतिशत अनुदानमा ८० वटा हातेट्याक्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले किसानलाई खेती गर्न सहजहोस् भनेर हातेट्याक्टर प्रदान गरिएको बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइ सक्यो । काम गर्ने मान्छे पनि छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको अध्यक्ष पौडेलले बताए ।
गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवालाई स्वदेशमा फर्कन आग्रह गरिन् । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाइ काम गरिरहेको उनको भनाइ छ ।
दिनभर लाएर गोरुको सहायतामा खेतबारी जोत्नु परेकोमा अब १÷२ घन्टामै आफ्नो खेतबारी जोत्न सकिने किसान तोयानाथ पौडेलले बताउँछन् ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आव २०७७÷७८ को बजेटबाट कृषि र पशुपालनलाई प्राथमिकतामा राखेकोले युवालाई कृषि पेसामा लाग्न आग्रह गरे ।
प्रतिट्रयाक्टर ५५ हजारमध्ये किसानले २७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेका छन् । किसानको अत्यधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्रयाक्टर वितरण गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कास्कीका दुई पालिकाका पशुमा खोरेत रोगको प्रकोप
कोभिड प्रभावित कृषकलाई तरकारीको बिउ
भारतमा बर्डफ्लु देखिएपछि नेपाली किसान त्रासमा, चितवनमा उच्च सतर्कता
दूध, अन्डा र मासु उब्रिन्छ गण्डकी प्रदेशमा
कोरोनाले कृषिमा अवसर देखायो
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७