Worldlink ads

आदर्श चौतारीको न्यानो कपडा सहयोग

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष १९, २०७७
adarsha chautari

पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार वालिङ–४ खाल्टे एलादीको जेठी कन्यादेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।
क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन वासुदेव कोइरालाले सामाग्री हस्तान्तरण गर्दै चिसो मौसमसँगै अध्ययन सुरु गरेका विद्यार्थीका लागि सहयोग गरेर गभर्नरको लक्ष्यलाई महत्वपूर्ण दिन हुन क्लबहरूलाई आग्रह गरे ।

क्लब अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा जनप्रतिनिधि निर्मला खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिरसम गुरूङ, निवर्तमान अध्यक्ष भरतराज सिग्देललगायतले बोलेका थिए ।

नर्सरीदेखि कक्षा ५ सम्मका ३६ जना विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री, मास्क, सेनिटाइजर वितरण गरिएको थियो ।

कार्यक्रममा स्वागत विद्यालय प्रअ चिनु गुरूङ, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक रूक गुरूङ र सञ्चालन क्लब सचिव दामोदर आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • लायन्सले खुवायाे विद्यार्थीलाई सात दिन, सातथरी खाजा

      Avatar आदर्श समाज सम्वाददाता माघ १, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले मेलवन्स जोन्सको जन्मसप्ताह सेवामय कार्यक्रम साथ सम्पन्न गरेको छ । क्लबले डिस्ट्रिकको…
    • महर्षि गुरुकुललाई राधिकाको सहयोग

      Avatar आदर्श समाज सम्वाददाता पौष ११, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा समृद्धिका पूर्व अध्यक्ष तथा जोन चियरपर्सन राधिका थापाले महर्षि गुरुकुल वेद विद्याश्रममा आश्रित विद्यार्थीलाई…
    • वेद विद्याश्रमलाई लायन्रसकाे सहयोग

      adarsha samaj आदर्श समाज सम्वाददाता पौष ४, २०७७
      पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटीका अध्यक्ष राजेश शिल्पकारको सौजन्यमा वेद विद्याश्रम प्रवेश गर्ने…
    • गतिशील स्टारको चार्टर्ड डेमा रक्तदान

      Avatar आदर्श समाज सम्वाददाता पौष २, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा गतिशील स्टारको प्रथम चार्टर्ड डे सेरेमोनी सम्पन्न भएको छ । सो अवसरमा भएको खुला…
    • विद्यार्थीलाई कम्प्युटरकाे निशुल्क तालिम

      adarsha samaj आदर्श समाज सम्वाददाता पौष १, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहन्दार विद्यार्थीलाई कम्प्युटर तालिम निशुल्क प्रदान गर्न थालेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads