दमौली । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नचाहेको बताएका छन् । कांग्रेस तनहुँले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस उपलक्ष्यमा बिहीबार दमौलीमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘अहिलेको अवस्थामा चुनाव गरे जमानत जफत हुन्छ भन्ने कुरा केपीले राम्रोसँग बुझेका छन्, चुनावको मिति घोषणा नाटकमात्रै हो’ उनले भने, ‘हार्ने अवस्थामा चुनाव नचाहने हुँदा सरकारलाई सडकबाट ढाल्नुपर्छ ।’ सडकमा आन्दोलन हुने डरले सत्ता लम्बाउन गरिएको सो नाटक मात्र गरिएको उनको भनाइ थियो ।
ओली विभिन्न भ्रष्टाचार काण्डमा मुछिनुका साथै न्यायालयमाथि हस्तक्षेप, संवैधानिक निकायमा असंवैधानिक तवरबाट पदाधिकारी नियुक्त गर्ने मात्रै नभई प्रतिनिधिसभा भंग गरेर स्वच्छाचारी गरेको केन्द्रीय सदस्य पौडेलले बताए । ‘
‘गन्हाएका ओलीसँग कांग्रेस मिल्दैन । उनको कर्तुत ढाक्ने मजेत्रो कांग्रेस बन्दैन,’ पौडेलले स्पष्ट पारे । संसद पुनःस्र्थापना भए पनि कांग्रेस सरकारमा जान नहुने उनको भनाइ थियो ।
उनले भने, ‘कांग्रेस ५ वर्षसम्म सरकार बाहिर बस्न संकल्प गरेको पार्टी हो । हाम्रा लागि सरकारप्रधान विषय हैन, कम्युनिस्टसँग मिलेर न सत्तामा जान्छौं न सडकमा जान्छौं । चुनावपछि मात्र कांग्रेस सरकारमा जाने हो ।’
उनले सत्ताभन्दा पनि जनताको त्याग र बलिदानीबाट ल्याइएको लोकतन्त्रभन्दा प्रधान कुरा केही हुन नसक्ने भन्दै कांग्रेस सरकारमा जान नहुने र आन्दोलनमा उत्रिनुपर्ने बताए ।
कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले पार्टीभित्र हार्दिकता र एकता कायम गरी कांग्रेस बलियो हुनुपर्ने बताए । मन, वचन र कर्मले पार्टीलाई एक बनाउनु छ एकले अर्कोलाई घोचपेच गरेर हैन,’ वाग्लले भने ।
कांग्रेस नेता वैकुण्ठ न्यौपानेले पद्दतिमा भन्दा व्यक्तिमा विश्वास गर्ने राजनीतिले संकट निम्त्याउने बताए ।
कांग्रेसका कावा सभापति जीतप्रकाश आलेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सचिव विश्व बास्तोला, सदस्य पवित्रा पौडेललगायतले जननायक बिपी कोइराला, राष्ट्रियता, लोकतन्त्र संरक्षणको लागि एक ठाउँमा उभिनु पर्छ भन्ने कुरा हालको समयमा उत्तिकै सान्र्दभिक भएको बताए ।
Related News
सम्बन्धित समाचार
कास्कीमा सुरू भयाे चुनावकाे तयारी
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
hero news full width
मुख्य समाचार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
माघ १५, २०७७घरपरिवारबाटै अपहेलित छन् बहिरा
माघ १५, २०७७स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७