पाेखरा । सत्तारुढ नेकपाभित्र विवाद चर्किएका बेला चिनियाँ उप–मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडौं आउन लागेको हो ।
टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाडाैं आइपुग्ने कार्यक्रम छ । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यतालिका छ ।
प्रतिनिधि सभा विघटन भएसँगै सत्तारुढ नेकपा विभाजित भएका बेला आउन लागेका चिनियाँ उपमन्त्रीको भ्रमणलाई विशेष मानिएको छ । नेकपा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विशेष अपिल गर्ने उनको तयारी छ ।
नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश
इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु
टाइगर उड्सको कार दुर्घटनाग्रस्त, गम्भीर घाइते
गृहमन्त्रीको हत्या प्रयास
भारतमा कोभिड–१९ संक्रमितकाे संख्या १ करोड १० नाघ्यो
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७