ग्रामीण पर्यटन प्रवर्द्धन गर्न काठेखोला पुग्यो भिटोफ टोली

आदर्श समाज संवाददाता
पौष १२, २०७७
shivdhuri 1

पोखरा। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनर्उत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत शनिबार बागलुङको काठेखोला गाउँपालिका वडा नं ५ बिहुँकोटस्थित शिवधुरी सामूदायिक होमस्टे र गलकोट नगरपालिका वडा नं ११ स्थित रिघा सामूदायिक होमस्टेमा गरिएका अन्तरक्रियामा वक्ताहरूले नेपालमा ग्रामीण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए ।

कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले हरेक गाउँ, पर्यटकीय ठाउँ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताए । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी सहितको टोली पुनर्उत्थान एवं प्रवद्र्धन कार्यक्रममा सहभागी भएको उनले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवद्र्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताए । पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उहाँले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्ने तर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उनकोे भनाइ छ ।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको बताउँदै पूर्वाधार विकास लगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताए । स्थानीय जागरुकता भएका भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उनको तर्क छ ।

शिवधुरी सामूदायिक होमस्टेका अध्यक्ष प्रेमबहादुर श्रीसले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औंल्याए । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने बताउँदै उनले सुन्दर गाउँहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताए ।

होमस्टेका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुबबहादुर कंडेल, काठेखखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विक लगायतले शिबधुरी र आसपासका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गरे ।

गन्तव्य वर्ष घोषणाले उत्साहित
रिघा सामूदायिक होमस्टेमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि एवम् होमस्टे सञ्चालकहरूले रिघा सामूदायिक होमस्टेलाई भिटोफ गण्डकी प्रदेशद्वारा गन्तव्य वर्ष घोषणा गरिनुले यहाँको पर्यटकीय विकासमा उत्साह थपेको बताए ।
गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले भिटोफले रिघा समूदायिक होमस्टेलाई गन्तव्य वर्ष घोषणा गर्नुले यहाँका स्थानीयलाई उत्साहित बनाएको बताउँदै कृषि र पर्यटनलाई सँगसँगै लैजाने उल्लेख गरिन् । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने सोच राखिएको बताउँदै उनले पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउने गरी स्थानीयवासी क्रियाशील बनेको भनाइ राखिन् ।

गलकोट नगरपालिकाका प्रवक्ता खिमबहादुर भण्डारीले नगरपालिका भित्र रिघा सहित चारवटा होमस्टे सञ्चालनमा आएको जानकारी दिँदै धेरै सम्भावना भएर पनि लुकेका पर्यटकीय गाउँको प्रवद्र्धन आवश्यक हुने बताए ।
रिघा सामूदायिक होमस्टेका अध्यक्ष सुमन श्रीसले कोरोन महामारीसँगै सुस्ताएको घरवास पर्यटन विस्तारै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गरे ।

गलकोट नगरपालिका वडा नं ११ का वडा अध्यक्ष डम्बर श्रीसले समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा रहेको रिघा हिमाली एवम् पहाडी दृश्यावलोकनका लायि आकर्षक गन्तव्य भएको उल्लेख गरे । कार्यक्रमको सञ्चालन उदय सुवेदीले गरेका थिए । उक्त अवसरमा मगर संस्कृतिमा आधारित विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । भिटोफ गण्डकीका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारीका अनुसार भ्रमण टोलीले आइतबार विभिन्न पर्यटकीय गन्तव्य हुँदै ढोरपाटन पुग्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width