तमु धि‌ंले ल्होछारमा धुमधामसाथ मनाउने

आदर्श समाज संवाददाता
पौष १२, २०७७
tamu dhee lhochhar

पोखरा । तमु धिं नेपालले तमु ल्होछार पर्व विविध कार्यक्रम गरी मनाउने भएको छ । च्यु ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग) आगमन अवसरमा पुस १२ देखि १६ सम्म विविध कार्यक्रम गरिने तमु धिं नेपालले जनाएको छ ।

कोभिड–१९ संक्रमण जोखिमका कारण पहिलो दिन जुम भर्चुअल ल्होछार शुभकामना आदानप्रदान हुनेछ । यस्तै, दोस्रो दिन पुस १३ मा तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, सांस्कृतिक कार्यक्रम र चियापान कार्यक्रम हुनेछ ।

पुस १४ बेलुका तमु ह्युला चोकमा ल्वों ल्हो (गाई वर्ग) को स्वागतार्थ दीप प्रज्ज्वलन, घरघरमा दीपावली, पुस १५ मा समाजहरु, क्होइबो, गुम्बा, घरपरिवारमा सुरक्षित तरिकाले ल्होछार मनाइने संस्थाका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए।

पुस १६ मा कस्केली तमु संघ संस्थाहरुले सामूहिक मनाउँदैआएको ल्होछार÷ल्होसारलाई निरन्तरता दिने र तमु धिं नेपालको प्राङ्गणमा तमु ल्होछार मनाइने भएको छ । सो दिन तमुहरुको परम्परा खेल छेलो प्रतियोगिता हुनेछ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा सो कार्यक्रम हुने सामूहिक ल्होछार÷ल्होसार मूल आयोजक समिति संयोजक तमु कलाकार संघ गण्डकी अध्यक्ष सुरेन्द्र तमुले जानकारी दिए।

तमु धिंले पुस १३ मा कर्णेल तीर्थकुमारी समाज सेवा सम्मान स्मृति पुरस्कारबाट शान्तिरुपा बराहथोक तमु समाजका अध्यक्ष सु. तुलबहादुर तमु, सन्तबहादुर तमु समाज सेवा सम्मान स्मृति पुरस्कारबाट समाजसेवी नागबेली तमु समाजकी हिरादेवी तमु, डा हर्क–चन्द्र–सन्त स्मृति उच्च शिक्षा पुरस्कार अधिवक्ता जूनाकुमारी तमुलाई प्रदान गर्ने जनाएको छ ।

तमु धिं नेपाल आदिवासी हर्कबहादुर तमु स्मृति पुरस्कार लोकगायक अमरविरही तमु, समाजसेवी पौरखी नेपालका निवर्तमान अध्यक्ष मञ्जु गुरुङलाई पुरस्कृत तथा समाजसेवा सम्मान एनआरएन हङकङका अध्यक्ष राधिका (टीका) तमु, कला साहित्य सम्मानबाट स्रष्टा एकेन्द्र तमु (युके) लाई सम्मान गरिनेछ । धनबहादुर लामिछाने स्मृति पुरस्कार रत्नबहादुर तमुलाई दिइने छ ।

सुनिल गुरुङ स्मृति छात्रवृत्ति महेन्द्र बहुमुखी क्याम्पसकी सुस्मिता तमु, माउन्ट अन्नपूर्णकी एलिना तमु र तनहुँ सतिस्वाँराका अभिषक तमु, आकृति गुरुङ स्मृति छात्रवृत्ति खिलाङ तमु समाजका प्रकाश तमु, ताङतिङका प्रवीण तमु र तनहुँ भोटेनीकी अश्मी तमुलाई प्रदान गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले बताए ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width