परशुरामलाई लेखनाथ पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
पौष ११, २०७७
pashuram

लेखनाथ । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पत्रकार परशुराम शर्मा आचार्यलाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनोट समिति संयोजक भीमपाणि बरालले जानकारी दिए ।

लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको सो पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र छ ।
पोखरा ३३, भरतपोखरीमा जन्मिएका आचार्यले विसं २०५० देखि दाङबाट पत्रकारिता सुरुका थिए । उनी २०५३ सालदेखि नेपाल टेलिभिजनमा निरन्तर संलग्न छन् ।

कविशिरोमणि लेखनाथ पौडेलको १३७ औं जन्मजयन्ती अवसरमा पुस १५ गते अर्घौअर्चलमा हुने समारोहमा उनलाई पुरस्कृत गरिने कार्यक्रम छ ।

सो पुरस्कार यसअघि पत्रकार मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी र वासुदेव पौडेल सम्मानित भइसकेका छन् ।

पुरस्कार छनोट समितिमा सदस्य भरत तिवारी, भरतराज ओझा, रामप्रसाद तिमिल्सेना र सदस्यसचिव विष्णुहरि पौडेल थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width