बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित ‘भूपि पुरस्कार’ यस वर्ष लेखक एवं समालोचक डा सुकुम शर्मालाई प्रदान गरिएको छ ।
भूपि जयन्तीका अवसरमा आज बागलुङमा आयोजित समारोहमा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्यन्यायाधीश मोहनबहादुर कार्कीले शर्मालाई रु २५ हजार राशीसहित पुरस्कृत गर्नुभएको हो ।
‘सिर्जनाका परिधिमा भूपि शेरचन’ नामक समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गरिएको हो । समारोहमा शर्माले भूपिको व्यक्तित्व र सिर्जन परम्पराबारे थप खोज गर्न पुरस्कारले प्रेरित गरेको प्रतिक्रिया दिनुभयो ।.उहाँले कवि भूपिलाई उच्च विचार र दार्शनिक चेत भएको सर्वकालिक कविका रुपमा स्मरण गर्नुभयो ।
मुख्यन्यायाधीश कार्कीले भूपि नेपाली साहित्यका प्रखर कवि भएको टिप्पणी गर्नुभयो । पुरस्कृत लेखक शर्माका नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (२०५६), कवि इच्छुक कविता सन्दर्भमा (२०६०), पारिजातका कविताको अध्ययन (२०६२) लगायत समालोचनात्मक कृति प्रकाशित छन् । उहाँ कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् ।
स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मनुभएका शर्मा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका सहप्राध्यापकसमेत रहनुभएको छ । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ ।
मुख्यन्यायाधीश कार्कीले भूपि नेपाली साहित्यकका प्रखर कवि भएको टिप्पणी गर्नुभयो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली सेवा समिति, बुटवलले पाएको थियो ।
त्यसअघि ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना’ समालोचनात्मक कृतिका लागि साहित्यकार सुधा त्रिपाठी पुरस्कृत हुनुभएको थियो । विसं २०७३ मा कोष स्थापना गरी २०७५ बाट पुरस्कार प्रदान गर्न शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
धुँवा पुत्याउने गाडी फन्दामा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१