पोखरामा  ‘सैं पनि एमाले, मै पनि एमाले’

आदर्श समाज संवाददाता
पौष ६, २०७७
pokhara uml

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको कमदप्रति समर्थन जनाउँदै पोखरामा युवा संघ नेपालले सोमबार नारा जुलस गरेको छ ।

गायक बद्री पंगेनीले चुनावताका बनाएको गीत सैं (संगी) पनि एमाले, मै पनि एमाले गीतसहित युवाहरु समर्थनमा सडकमा उत्रेका थिए ।

पोखराको मानवअधिकार चोकमा आयोजित कार्यक्रममा युवासंघका केन्द्रीय उपाध्यक्ष माधव बाँस्तोलाले सरकारलाई असफल पार्न दलभित्रबाटै षढयन्त्र रचिएको भन्दै प्रधानमन्त्रीकोयो कदम वाध्यताको उपज रहेको बताए । प्रधानमन्त्रीलाई असफल बनाउन गुटबन्दी गर्नेहरु अब पाखा लागेको उनको भनाइ थियो । गलत व्यक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई बर्बाद गर्नुभन्दा प्रधानमन्त्रीले जनादेशको सहारा लिएको उनले बताए ।

शक्तिको तुजुक देखाउने प्रचण्डलाई अबको चुनावमा जितेर देखाउन उनले चुनौती दिए ।
कार्यक्रममा अनेरास्ववियुका कास्की अध्यक्ष विवेक देवकोटाले पार्टीभित्रका धमिरा अब पाखा लागेको बताए । युवासंघले पुस १० गते पोखरामा प्रदेशस्तरीय भेलासमेत बोलाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width