सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानमा पौडेल

आदर्श समाज संवाददाता
पौष ४, २०७७
sirjansil

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको छैटौं अधिवेशनले योगराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समिति उपाध्यक्षमा सुलोचना खनाल, सचिव डा. टीकाराम आचार्य आरुणि, कोषाध्यक्ष हिममाया पौडेल, सहसचिव गणेश चालिसे, सदस्यहरु प्राडा यमबहादुर पौडेल क्षत्री, लक्ष्मण थापा, डा. भोलानारायण रेग्मी, सुरेशकुमार मानन्धर, सूर्यभक्त सिग्देल र मदन बराल रहेका छन् ।

डा. यमनाथ तिमिल्सिनाको संयोजकत्वमा कृष्णप्रसाद त्रिपाठी तथा पितृराज बाँस्तोला सदस्य रहेको निर्वाचन समितिले उक्त घोषणा गरेको थियो ।
कार्यक्रमको पहिलो सत्रमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य कुमार खड्काले श्रमिक उत्पादन गर्ने थलो बन्दै गइरहेको हाम्रो विश्वविद्यालयीय शिक्षा प्रणालीका बारेमा प्रतिष्ठानले विमर्श गर्न आवश्यक रहेको धारणा राखे । लोकतन्त्रका मूल्यमाथि निरन्तर प्रहार भइरहेको वर्तमान अवस्थामा तिनलाई जोगाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

कार्यक्रम अध्यक्ष तथा डा. भूमिराज बस्ताकोटीले काम धेरै र चर्चा कम गर्ने प्रतिष्ठानको मूल मान्यतामा नै प्रतिष्ठान अघि बढेको र नवनिर्वाचित कार्यसमितिले पनि त्यसलाई अनुसरण गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेका ञअवधारणाझ अनुसन्धानमूलक जर्नल, अंक ६ र सिर्जना अंक १ तथा पूर्व अध्यक्ष जगन्नाथ रेग्मीको कवितासंग्रह अन्तर्नाद सांसद खड्का तथा पूर्व अध्यक्षद्वय प्राडा विष्णुप्रसाद पौडेल र दीपेन्द्र पराजुलीले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।

कविता संग्रहको समीक्षा गर्दै प्रा.डा. नरहरि उपाध्याय गौतमले संग्र्रहले लेखनाथ, घिमिरे तथा मुकुन्दशरणको मार्गलाई पछ्याएको बताए ।

अवधारणा सिर्जना अंकको समीक्षा गर्दै दीपेन्द्र पराजुलीले सानो भएर पनि मूल्यवान सम्पत्तिका रूपमा पत्रिका आएको धारणा राखे ।

कार्यक्रममा अक्षयकोष संस्थापक तारा पाखे दम्पती, डा. यमनाथ तिमिल्सिना, दीपेन्द्र पराजुली तथा संरक्षक सदस्यद्वय अनिल र सन्जु गौतमलाई सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै तारा पाखेले कोषलाई वृद्धि गरि १, ला १ हजार ५ सय ५५ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

दुबै जर्नलका प्रधान सम्पादक सुरज पौडेलले पत्रिका सम्पादनका सन्दर्भमा भएका गतिविधि उल्लेख गरेको कार्यक्रममा प्राडा विष्णुप्रसाद पौडेल, वेदहरि तिमिल्सिना तथा सुरेशकुमार मानन्धरले शुभकामना मन्तव्य राखेका थिए ।

कृष्णप्रसाद त्रिपाठीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै