पोखरा । खौलालाँकुरी–पोखरा सम्पर्क समाज पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीका सबै सामुदायिक विद्यालयका सबै विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । समाजले गाउँमै पुगेर शुक्रबार ६ विद्यालयका ३ सय ६९ विद्यार्थीलाई उक्त सहयोग दिएको हो ।
समाज गठन भएर पहिलो अधिवेशन भएको एक वर्ष पुगेको अवसरमा संस्थाले सहयोग गरेको हो । कार्यसमितिका सदस्य र केही साधारण सदस्यसमेतबाट आर्थिक सहयोग जुटाएर एकलाख ५९ हजार रुपैयाँ बराबरको स्विटर र स्टेसनरी सामग्री सबै विद्यार्थीको हातमा पुर्याइएको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक पताम्बर पौडेलले बताए ।
उनका अनुसार खौलालाँकुरी माविका २ सय ४१, महेन्द्र आधीारभूत विद्यालयका ५७, शिशुकल्याण आधारभूतका २६, नवजागृति र भगवती आधारभूतका १९÷१९ जना र जनजागृति आधारभूत विद्यालयको बालकक्षामा अध्ययनरत ७ विद्यार्थीलाई सहयोग गरिएको हो ।
सहयोग कार्यक्रमको उद्घाटन गर्दै कुश्मा–१३ का वडाध्यक्ष जंगबहादुर केसीले पोखरामा समाज गठनले एउटा उत्साह थपिएको बताए । ‘समाजले कुनै पनि राजनीति नगरी यस्ता प्रकारका सामाजिक गतिविधि गरिरहनु पर्छ’ उनले भने, ‘वडा कार्यालय र व्यक्तिगतरुपमा समेत सहयोग गर्न तयार छु ।’
समाजका अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले जन्मभूमिमा केही गर्नुपर्छ भन्ने सन्देशसाथ कार्यक्रम गरिएको र रचनात्मक र सिर्जनात्मक काममा लागिरहने प्रतिवद्धता जनाए । ‘यो सुरुवातमात्र हो,’ उनले भने, ‘पोखरामा भएका दाजुभाइ, दिदीबहिनी सबैलाई समेटेर समाजलाई थप सशक्त रुपमा अघि लैजानेछौ ।’ उनले न्यानो कपडा र शैक्षिक सामाग्रीको दुरुपयोग गर्न नहुने भन्दै शिक्षक र अभिभावक पनि चनाखो हुनुपर्नेमा जोड दिए ।
खौलालाँकुरी मावि व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले समाज गठन भएको एक वर्षमै यस्तो कार्य गरेकोमा खुशी व्यक्त गरे । सोही माविकी प्रधानाध्यापक मीनाकुमारी भण्डारीले उदार मन र हात लिएर आएको भन्दै समाजसँग सहकार्य गरी काम गर्न इच्छुक रहेको बताइन् । उनले समाजलाई २५ हजार रुपैयाँ सहयोगको घोषणासमेत गरिन । ‘तेरो र मेरो अनि त र म नभनी समाजले सामाजिक कार्यमा निरन्तर लागिरहनु पर्छ’ उनले भनिन ।
समाजका उपाध्यक्ष हीरालाल विश्वकर्माले स्वागत गर्दै संस्था गठन र हालसम्म भएका कामहरुको बारेमा प्रकाश पारेका थिए । ‘समाजले विभिन्न आपतविपत्मा परेकालाई केही मात्रामा भए पनि सहयोग गर्ने उद्देश्यसाथ आकस्मिक सहयोग कोष गठन भएको छ’ उनले भने । कार्यक्रममा समाजका सचिव लालप्रसाद शर्मा र सहसचिव प्रकाश सुवेदीले बोलेका थिए । मास्क र स्यानीटाइजर पनि वितरण गरिएको थियो ।
यसैबीच समाजको कार्यसमितिले छिमेकी फलेबास नगरपालिकाका मेयर पदमपाणि शर्मासँग शुक्रबारै भेटघाट गरी गाउँ र पर्यटनको विकासका विषयमा छलफल ग¥यो । विशेष गरी खौलालाँकुरीतर्फको जुम्ली थान क्षेत्र र कार्कीनेटातर्फको डहरे देउरालीलाई कसरी पर्यटनमा स्थापित गर्ने भन्ने विषयमा कुराकानी भएको थियो ।
त्यस अवसरमा समाजका पदाधिकारी तथा सदस्यहरुले फलेबास नगरपालिकाले डहरेलेकमा बनाउन लागेको पार्कको अवलोकनसमेत गरेको थियो । समाज खौलालाँकुरी स्थायी घर भइ विभिन्न पेसा तथा व्यवसायमा पोखरामा अस्थायी वा स्थायी बसोबास गर्नेहरुको संस्था हो ।
Related News
सम्बन्धित समाचार
आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
एक वर्षपछि खुले विद्यालय
जनप्रियमा ट्रेकिङ गाइड तालिम
शीतला माविकाे ६३ औं वार्षिकोत्सव: बसाइँसराइले गाउँका विद्यालय संकटमा
बेलचौतारामा गण्डकीको शिक्षण अस्पताल
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७