नेपाली खेलाडीलाई ४ पदक

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७७
taekwondo

पोखरा । सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका ४ तेक्वान्दो खेलाडीले पदक जितेका छन् ।

ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा सन्दीपा अमगाईं, सन्जीव नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्पm विभिन्न उमेर समूहमा पदक जितेका हुन् ।

सन्दीपा र सन्जीवले २ पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सन्जीवले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोट्र्स पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए । सन्दीपाले ट्रेडिसनल पुम्सेमा रजत पदक जित्दा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भइन् । डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेकी थिइन् ।

उता, उमेर समूूहमा अमेरिकाकै डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन् । स्पोट्र्स पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिन् । यस विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो हुँदा फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएकी थिइन् ।

सन्जीव नेपालीले भने स्पोट्र्स पुम्से र ट्रेडिसनल पुम्से दुवैमा रजत पदक जितेका थिए । उनले स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा अमेरिकाका गिलबर्ट जामेनासँग पछि परे ।

त्यसैगरी नेपालका राजुु नगरकोटीले ५० वर्षमुनि स्पोट्र्स पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल काँस्य पदकमै सीमित भए । च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width