Worldlink ads

विन्ध्यवासिनीमा शिक्षक अभिभावकमा पौडेल

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७७
Bhim

पोखरा । विन्ध्वासिनी मावि, पोखरा–१६ बाटुलेचौरमा अभिभावक भेलाले भीमप्रसाद पौडेलको अध्यक्षतामा ६ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरेको छ ।

समिति सदस्यमा गीता रेग्मी, विष्णुकुमारी अर्याल, शोभा पौडेल, बलराम थापा र ढाकामोहन अधिकारी रहेको जानकारी विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाँले दिए ।

अध्यक्ष आसनबाट बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा अधिकारी थापाले विद्यालयको भौतिक पूर्वाधार विकास र गुणस्तरीय शिक्षाका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

संघका निवर्तमान अध्यक्ष शिवराम पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य यदुनाथ बञ्जारा, विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलगायतले सबैको मेहनतका कारण विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको बताए ।

नवनिर्वाचित अध्यक्ष भीमप्रसाद पौडेलले विद्यालयको सर्वाङ्गीण विकासमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads