Worldlink ads

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

rss रासस
मंसिर १८, २०७७
United State Corona

वासिङ्टन, १८ मङ्सिर । कोरोनाभाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको संख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सवैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकी प्रदेशमा कास्कीमा बढी प्रभावित

      rss रासस पौष ३, २०७७
      गण्डकी, ३ पुस । विश्वव्यापी महामारिका रुपमा पैmलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका…
    • नेपालमा कोरोना सङ्क्रमित अढाइ लाख नाघे

      rss रासस पौष १, २०७७
      काठमाडौँ, १ पुस । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना…
    • कोरोना सङ्क्रमितको शव उठाउँदै महिला

      rss रासस पौष १, २०७७
      काठमाडौँ, १ पुस । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको…
    • कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’

      rss रासस मंसिर ३०, २०७७
      काठमाडौँ, ३० मङ्सिर । सरकार कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
    • गण्डकीमा ३५ संक्रमित थपिए

      Avatar आदर्श समाज सम्वाददाता मंसिर ३०, २०७७
      पोखरा, ३० मंसिर । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा…

    hero news full width

    sanil ads

    wordlink ads