Worldlink ads

स्कुल बस ठक्करले मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७७
road-accident-1527968091397 (1)

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा मंगलबार स्कुल बस ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

मध्यविन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ न.को बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मध्युबिन्दु १३ निवासी ३५ वर्षीय मनु बिक र २६ वर्षीय तुलबहादुर खाम्चा मगर घाइते छन् । उनीहरुको उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिन बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads