पोखरा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की क्षेत्र २ (क) को बजेट बाँडफाँड गरिएको छ । कुल २ करोडमध्ये विभिन्न आयोजनाअन्तर्गत सडक र कृषिलाई प्राथमिकतामा राखिएको छ ।
पोखरा महानगरपालिकाअन्तर्गत ५ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा प्रदेशतर्फमा प्रत्यक्षतर्फ कृष्ण थापा र समानुपातिकबाट प्रतिनिधित्व गर्ने उपसभामुख सिर्जना शर्मा रहेका छन् ।
सांसद थापाका अनुसार छनौट योजनामध्ये सबैभन्दा बढी बजेट सडक पूर्वाधारका लागि विभिन्न वडाका ९ योजनाका लागि ९० लाख छुट्याइएको छ ।
त्यस्तै कृषिमा प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिँचाइ कुलो र शिवमन्दिरदेखि होटल फूलबारीसम्मको सडक निर्माणमा २५। २५ लाख रुपैयाँ छुट्याइएको छ ।
पोखरा–७, घारीपाटनमा बाटो निर्माण १५ लाख, वडा–१५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण १५ लाख, पोखरा–१७ ड्यामसाइडपार्क फेवाताल छेउ तारबार र फूटट्रयाक १३ लाख, नमुना बाल केन्द्र भवन बाराहीटोल १०, दामोदर कुनामार्ग १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विभिन्न २५ वटा योजनामा विनियोजित रकममध्ये पोखरा २१, संगमचोक, महवारी जाने बाटो ढलानमा १० लाख, प्राथमिक स्वास्थ्य चौकीमा ५ लाख, आपत्कालीन तारजाली खरिदका लागि ५ लाख छुट्टाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की अध्यक्ष समेत रहेका सांसद थापाले घोषित कार्यक्रम सफलताका लागि सम्बन्धित उपभोक्ता, जनप्रतिनिधि तथा सम्बद्ध सबैको साथ र सहयोग आवश्यक रहेको बताए । निर्वाचन क्षेत्रका सबै क्षेत्र वर्ग र समुदाय समेट्ने गरी योजना छनोट गरिएको दाबी गर्दै उनले ती योजना गुणस्तरीय एवम् तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षत्रीले छनोट योजना पुससम्म सम्झौता र बैशाखभित्र निर्माण सम्पन्न हुने गरी तीव्रता दिइनु पर्ने बताए ।
नेकपा कास्की सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिका अध्यक्ष दीपक पौडेल, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतले जनअपेक्षा अनुरुप विकास निर्माणका योजना अघि बढाइनु पर्नेमा जोड दिए ।
कार्यक्रममा उपसभामुख सिर्जना शर्मा बिरामीका कारण उपस्थित थिइनन् ।
कास्की २ (क) अन्तर्गत पोखरा महानगरका वडा ३३,२१, १७, १५ र ७ पर्दछन् ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७