पोखरा । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको गतिविधिले लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् ।
पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवम् समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार भीमप्रसाद गौतमको १३ आंै दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै यादवले सो कुरा बताएका हुन् । उनले भने, ‘विभिन्न संघर्षबाट स्थापित लोकतन्त्र खतरामा पर्दै गयो । सरकारले आफ्ना गतिविधी सच्चाउन आवश्यक छ ।’
उनले आन्दोलनबाट प्राप्त भएको संघीयता, समावेशीता लगायतका उपलब्धि खतरामा पर्न थालेको बताए । यादवले स्व। गौतमको योगदानको चर्चा गदै पार्टीले एक असल नेता गुमाउँदा पीडाबोध भएको सुनाए ।
नेकपाका केन्द्रिय सदस्य रणिद बराल, नेपाली काँग्रेसका रामचन्द्र अधिकारी, बन्दीपुर गाँउपालिकाका अध्यक्ष पूणसिं थापा लगायतले बन्दीपुरको विकासमा गौतमको भुमिका बिर्सनै नसक्ने रहेको चर्चा गरे ।
समाजवादी जनता पार्टीका केन्द्रीय सल्लाहकार स्वर्गीय गौतम बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँको बखत भूमिसुधार तथा व्यवस्था मन्त्री भएका थिए । तत्कालीन जनमोर्चाबाट राजनैतिक यात्रा प्रारम्भ गरेका उनी उपाध्यक्ष समेत बने ।
नारायणकाजी श्रेष्ठको नेतृत्वमा तत्कालीन माओवादीसँगको एकतापछि उनी माओवादीबाट मन्त्री बने । पछिल्लो समय नयाँ शक्तिहुँदै समाजवादी पार्टीका नेता बनेका उनको राजनैतिक सक्रियता घटे पनि स्थानीयस्तरका विकास निर्माणमा भने निरन्तर क्रियाशील रहे ।
गौतमको निमोनियाका कारण ७३ वर्षको उमेरमा कात्तिक २७ गत बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो ।
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
जनयुद्धका सहिदको सम्झना
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७