लेखनाथ । लेखनाथ जेसीजको २३ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेशनले वर्ष–२०२१ का लागि नवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उनी यसअघि महासचिव थिए ।
कार्यकारीणी उपाध्यक्षमा प्रकाश राइभाट र कृष्ण तिवारी, उपाध्यक्षमा सञ्जीव न्यौपाने, मौषम बराल, सर्विन्द्र न्यौपाने र रेगन जिसी र शाखा सम्पादकमा संगीत पौडेल रहेका छन् ।
मनोनीत पदतर्फ महासचिवमा चन्द्रप्रकाश (सीपी) ढुंगाना, सहसचिवमा मनोज बराल, कोषाध्यक्षमा प्रदीप आचार्य, तालिम आयुत्त उत्तम श्रेष्ठ, बृद्धि सभापतिमा सुजन न्यौपाने, शुक्रवारसीय प्रवचन मालामा मनोज चापागाईँ, प्रकरण निर्देशकमा नारायण आचार्य, सचिवालय व्यवस्थापनमा शिवराज अधिकारीलाई चयन गरिएको छ ।
जुनियर जेसीज संयोजकमा सविना बसौला, जेसीज गाउँ संयोजकमा जीवन तिवारी, वातावरण संयोजकमा विनोद पौडेल, स्वास्थ्य संयोजकमा नवराज तिवारी र संघसंस्था संयोजकमा प्रवलमणि भण्डारी रहेका छन् ।
अध्यक्ष सल्लाहकारमण्डलमा अर्जुन ओझा, सञ्जीव ढुंगाना, शालिकग्राम ओझा, रोशन अधिकारी, बद्रीनाथ पौडेल र बुद्धिप्रसाद बास्तोला र कानूनी सल्लाहकारमा नम्रता बास्तोला रहेकी छन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाल जेसीजका केन्द्रीय अध्यक्ष अशोक शंकरले जेसीज एउटा अभियान भएको र यसले युवाहरुलाई नेतृत्व लिन सिकाउँदै राष्ट्रनिर्माण अभियानमा सार्थक सहभागिता जनाउँदै आएको बताएका थिए ।
लेखनाथ जेसीजका अध्यक्ष चिरञ्जीवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष मञ्जु शाह, संस्थापकहरुको तर्फबाट सुरेन्द्रराज अधिकारी, पूर्व अध्यक्षहरुको तर्फबाट विनोदप्रसाद लामिछाने, मातृशाखातर्फबाट पोखरा जेसीजका अध्यक्ष शिव सापकोटा र लेखनाथ जुनियर जेसीजका अध्ययक्ष सुजन तिमिल्सेना लगायतले जेसीज सिक्ने र सिकाउने थलो भएको धारणा राखेका थिए ।
लेखनाथ जेसीजका निर्वतमान अध्यक्ष रोशन अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव नवराज पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७