फेसबुकमार्फत ठगी आरोपमा पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०७७
facebook-3021068_1280

वालिङ  । सामाजिक सञ्जाल फेसबुकमार्फत पैसा ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका ४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकोले आफूलाई निक्कै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटक–पटक गरी १० लाख २८ हजार ७ सय रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसूरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताए । प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width