डा. पोखरेलद्वारा गण्डकी विश्वविद्यालयकाे बोर्ड अफ ट्रस्टीकाे सदस्य पदबाट राजीनामा   

rss रासस
कार्तिक २८, २०७७
Gandaki University

काठमाडौँ, २८ कात्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिइएको उनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनुजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखिएको स्पष्ट पारेका छन्।

डा. जगदीशचन्द्र पोखरेल (फाइल फाेटाे)

डा पोखरेलले विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिइए पनि आफूले प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related News

सम्बन्धित समाचार

    • एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा

      rss रासस फागुन २०, २०७७
      बाँके । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय…
    • एसओएसमा विद्यार्थी परिषद्

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      पोखरा । एसओएस स्कुल पोखरा १७ घारीपाटनमा बुधबार विद्यार्थी परिषद्को पदस्थापन तथा सपथग्रह कार्यक्रम सम्पन्न भएको छ । कोभिडका कारण…
    • बेवारिसेका अभिभावक विद्यालय

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पाँचथर, १७ फागुन । फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक…
    • आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पाेखरा ।  विद्यालय तहको आगामी शैक्षिक सत्र १० महिनाको हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी…
    • एक वर्षपछि खुले विद्यालय

      rss रासस फागुन १२, २०७७
      मनाङ।  कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर…

    hero news full width

    sanil ads

    wordlink ads