तनहुँ, २५ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीय अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, कुटपिट मुद्दाका छ, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए ।
पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना रु तीन लाख ३७ लाख ९५० जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१