अब कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाइने

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७७
PCR

काठमाडौं, २२ कात्तिक । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने तयारी गरेको छ ।

स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्य व्यापक बनाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने छ । हाल काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन् ।

देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए । ४ सय ६० गाउँपालिकामा ४ सय ६०, २ सय ७६ नगरपालिकामा ५ सय ५२, ११ उपमहारपालिकामा ३३ र ६ महागरपालिकामा ३० टोली परिचालन गरिएका छन् ।

सरकारले काठमाडाै उपत्यकामा ट्रेसिङलाई केन्द्रीत गर्ने र त्यसपछि उपत्यका बाहिर जाने जनाएको छ । त्यसै समूहले सङ्क्रमितको नजिक रहेका व्यक्तिलाई तथा सङ्क्रमितको ट्राभल हिस्ट्रि आधारमा नजिकका आफन्त तथा घर परिवार सबैको ट्रेसिङ गर्ने जनाएको छ ।

५० घर बराबर सहयोग समूह गठन गरिनेछ 

यस्तै, मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गरिनेछ । ती समूहका ५ देखि ७ जना रहने छन् ।

कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा  ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन् ।

‘अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ,’ उनले भने, ‘अब उक्त समूहले नै ती व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।’

समूहले कोभिड–१९ सँग सम्बन्धि व्यक्तिलाई अस्पताल पुर्‍याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले टे«सिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताए । ‘पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन,’ उनले भने, ‘तर अब फेरि हामीले ठूलो मात्रामा कन्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौं ।’

उनले कन्याक्ट ट्रेसिङमा परेकामध्ये पिसिआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पिसिआर परीक्षण निःशुल्क गरिने बताए । रासस

Related News

सम्बन्धित समाचार

hero news full width