कोभिड-१९: आज १,९५४ जनामा सङ्क्रमण पुष्टि, २,९८१ डिस्चार्ज, ११ को मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७७

काठमाण्डौ, कात्तिक १२: आज देशभर १,९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोराना संक्रमितको संख्या १,६२,३५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २,९८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १,२१,८२४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११  जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । देशमा हालसम्म ज्यान गुमाउनेको संख्या ८८७ पुगेको छ ।