भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३५१ विद्यालय भवन निर्माण सम्पन्न

रासस
कार्तिक ११, २०७७
edu

स्याङ्जा, कात्तिक ११:  भूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ ।

विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) स्याङ्जाका प्रमुख रामप्रसाद आचार्यले बताए ।

आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७६/०७७ को अन्तिमसम्ममा जिल्ला शिक्षा कार्यालय स्याङ्जा र पूनर्निर्माण प्राधिकरण शिक्षाद्वारा २ सय ७५ वटा विद्यालयका ३ सय ५१ वटा भवन निर्माण सम्पन्न गरिएको प्राधिकरण शिक्षाका प्रमुख आचार्यले बताए ।

“एकाइ (शिक्षा) कार्यालय स्थापना नहुँदै शुरुका दिनमा जिल्ला शिक्षा कार्यालय स्याङ्जाबाट विद्यालय भवन निर्माण तथा मर्मतको काम हुने गरेका थिए”, कार्यालय प्रमुख आचार्यले भने,, “कार्यान्वयन एकाइ स्थापनासँगै विद्यालय व्यवस्थापन समितिमार्फत हाल विद्यालय भवनहरु निर्माण तथा मर्मतका काम जारी छन् ।” स्याङ्जाका एकहजार ३ सय ७१ वटा कक्षा कोठा मर्मत तथा नयाँ निर्माण गरिएको हो ।

स्याङ्जामा चार वटा भवन साउदी सरकारको अनुदानमा निर्माण भएका हुन् भने बाँँकी सबै प्राधिकरणमार्फत बनेका हुन् । प्राधिकरणमार्फत विद्यालय भवनहरु निर्माण तथा मर्मतसँगै आवश्यकताका आधारमा शौचालय निर्माण र खानेपानीको ब्यवस्थापन समेत मिलाइएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width