शक्तिपीठमा चहलपहल कम   

रासस
कार्तिक ९, २०७७
KD-Kastki-SunsanBindabasini

नवरात्रीका अवसरमा विगतका वर्षहरुमा सयौँ भक्तजनहरुको भीडभाड रहने पोखराको प्रसिद्ध शक्तिपिठ विन्ध्यवासिनी मन्दिरमा यस वर्ष कोरोना कहरका कारण दर्शनार्थीलाई प्रवेश रोक लगाइएपछि आइतबार सुनसान मन्दिर परिसर । तस्वीरः कृष्ण दवाडी, रासस

गण्डकी, ९ कात्तिक । कोरोना भाइरसको महामारीका कारण यस वर्ष आश्विन शुक्ल नवमीका दिन आज पोखरा र आसपासका शक्तिपीठमा दर्शनार्थीको चहलपहल कम देखिएको छ ।

कोरोना महामारीप्रति सर्वसाधारणको सजगताका साथै प्रशासनले पनि महामारी फैलिन सक्ने जनाउँदै पूजाआजामा रोक लगाएका कारण विगतमा महानवमीका दिन हुने गरेको भीडभाड यस वर्ष नभएको हो । पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायत आसपासका शक्तिपीठ आज सुनसान बनेका छन् ।

विगत वर्षमा महानवमीका दिन स्याङ्जा, कास्की, तनहुँलगायत विभिन्न स्थानबाट आउने दर्शनार्थीका कारण चहलपहल हुने गरेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा यस वर्ष भने दर्शनार्थीको चाप नरहेको कोटभैरव मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए।

नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा आएको मानिने कोटभैरवमा प्राचीन परम्परालाई निरन्तरता दिँदै घटस्थापनासहित महाष्टमी, कालरात्रि र महानवमीको सामान्य पूजा भने गरिएको छ । मन्दिरमा घटस्थापनादेखि नै मगर पुजारीले सरसफाइसहित नियमित पूजाआजा तथा ब्राह्मण पुजारीले दैनिक सप्तशती पाठ गर्छन् ।

Related News

सम्बन्धित समाचार

    • समन्वय समितिमै छ संक्रमितको भरोसा

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      हेमजा । केही हप्ता अघि हेमजा मेलबोटकी कोरोना संक्रमित पुनम गिरीलाई चिन्ता सुरु भयो अब कसरी निको हुने । संक्रमित…
    • औषधी व्यवसायी संघ गण्डकीको सहयोग

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ…
    • संस्कृत युवा मञ्चको घुम्ती रक्तदान

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । संस्कृत युवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ती रक्तदान तथा सम्मान कार्यक्रम भएको छ । कोरोना महामारीका कारण पोखरामा…
    • पाइएन काम, फेवामा ‘फिसिङ’

      धनबहादुर गुरुङ जेठ ३०, २०७८
      पोखरा । तनहुँ म्याग्दे घर भएका कमल परियारको दिनचर्या फेवातालमा माछा खोज्दै बित्छ । दोस्रो चरणको लकडाउन सुरु भयो र…
    • चुनाैतीका चाङबीच कांग्रेसका कृष्णचन्द्र बने मुख्यमन्त्री  

      प्रकाश ढकाल जेठ ३०, २०७८
      पोखरा । प्रमुख प्रतिपक्षी सरकार कुर्ने पार्टी हो । कथमकदाचित बहुमत प्राप्त सरकार तलमाथि भए त्यो जिम्मेवारीमा प्रतिपक्षी पुग्छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग