पोखरा कार्तिक ८ । लौसिवोट समाज युके लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा पर्वतको मोदी गाउपालिका १ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण लौसिवोट गाउमा रहि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न परिवारलाई लौसिबोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीबेटीद्धारा आर्थिक सहयोग जुटाइ लौसिवोटमा राहत स्वरुप हालै राहत वितरण गरिएको हो ।
लौसिवोट समाज युकेका संयोजक मेजर खुसिमान गुरुङ र लौसिवोट समाज हङकङका संयोजक लोकमान गुरुङ र चेलिवेटीबाट सङकलित राहत सामाजिक काममा अग्रणी रहेको पोखराको युनाईटेड क्लवको संयोजनमा युनाईटेड क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङको पहलमा लौसिवोटमा राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको हो ।
पर्वत मोदी गाउपालिका वडा नम्बर १ का कार्यबाहक अध्यक्ष भुल वहादुर पौडेलले विदेशमा रहेर पनि आफ्नो थोरै रकम जोगाएर आफ्नो गाउमा रही कोरोनाको कहरका विच दैनिकी गुजारा गर्दै आएका अति विपन्न परिवारलाई महान पर्व विजया दशमीको संघारमा राहत स्वरुप खाद्यान्न वितरण गरी विपन्न परिवारलाई खुसीसाथ दशै मान्ने वातावरण मिलाएकोमा लप्सीवोट परिवार युके, लप्सीवोट समाज हङकङ र चेलीवेटीहरुलाई धन्यवाद ब्यक्त गर्दै यसरीनै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन समेत आग्रह गरे । त्यसैगरी युनाईटेड क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले विभिन्न शिलशिलामा पर्वत लौसिवोट घर भइ युके र हङकङमा बसोवास गर्ने दाजुभाइ तथा चेलीवेटीहरुले आफ्नो गाउबासीलाई कोरोनाको कहरका बीच जिउन बाध्य भइरहेको वेला राहत प्रदान गरी ठूलो गुण लगाएको वताउदै आफ्नो तर्फबाट पनि आफ्नो गाउवासीलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
राहत प्राप्त गरेपछि दैनिक ज्याला मजदुरी गर्दै आइरहेका लप्सीबोटका लालबहादुर विकले आफुहरुलाई महान पर्व दशैको संघारमा गाउमै ल्याएर खाद्यान्न वितरण गरी सहज ढंगले दशै मान्ने वातावरण मिलाएकोमा हङकङ र युके निवासी लप्सीवोटका दाजु भाइ तथा चेलीवेटीहरुलाई धन्यवाद प्रकट गरे । कोरोना कहरका कारण पहिला जस्तो दैनिकी मजदुरी नचलिरहदा दशैमा घर चलाउन निकै आफ्ठेरो परेको अवस्थामा यसरी सहयोग पाउदा आफु निकै खुसी रहेको समेत बिकले वताए ।
सो अवसरमा लौसीवोट तमु समाजका अध्यक्ष कुलविर गुरुङ, समाजसेवी गिरमान गुरुङ, लौसिवोट होम स्टे अध्यक्ष विष्णु गुरुङ, लौसिवोटका युवाा तथा गाउबासीले लौसिवोट समाज युके लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा राहत वितरण गरेकोमा धन्यवाद सहित आभार प्रकट गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
‘नेकपा नफुट्दासम्म कांग्रेसले चलखेल गर्दैन’
पास भयो संकल्प प्रस्ताव: अनुगमन गर्न ९ सदस्यीय समिति
गण्डकीका मुख्यमन्त्री भन्छन् : आफ्नैले गरेको आलोचना सहिनसक्नु
गण्डकी प्रदेश सभामा संकल्प प्रस्तावमाथि छलफल जारी, सरकारप्रति कटाक्ष
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७