नवलपुर । केही दिनअघि पोखरामा सुकुम्बासीहरुलाई जग्गा दिलाइदिने भन्दै नक्कली सुकुम्बासी आयोग सल्बलाएको भेटिएको थियो । कोभिड १९ संक्रमण फैलिन नदिन देशब्यापी लकडाउन भइरहेकै बेला सरकारले भूमिहिन सुकुम्बासी तथा अब्यवस्थित बसोबास गरेकाहरुलाई जग्गा बाँड्न भन्दै अधिकार सम्पन्न उच्चस्तरीय सुकुम्बासी आयोग गठन गरेको थियो । चितवनका नेकपा नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षता गठन गरेको सुकुम्बासी आयोगले कोरोना संक्रमणकै कारण कामअघि बढाउन सकिरहेको छैन । तर सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नाममा माफियाहरु सल्वलाईरहेका छन् ।
नवलपरासी पूर्व र पश्चिमका धेरै ठाउँमा तत्कालिन मनशोभा आयोगले लालपूर्जा बाँडेको थियो । बिबादित भएपछि ती सबै जग्गाको कारोबार रोक्का भएको छ भने उक्त विवाद सर्वोच्चमा बिचाराधिन छ । अहिले पुनः छिमेकी जिल्लाका नेता आयोगका अध्यक्ष भएपछि राजनीतिक आवरणमा चलखेल सुरु भएको पाईएको छ । ब्यक्तिले खनजोत गरेको जग्गा मात्र नभई सरकारी विद्यालयले चर्चेका जग्गाहरु समेत हडप्न चलखेल भएको हो ।
नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका १ सेतापानीमा २०६० सालमा विभिन्न ठाउँबाट आएर सुकुम्बासीहरु बसेका छन् । संगठित हुँदै गएका सुकुम्बासीहरुको नेतृत्व सिद्धिमान खड्काले गरे (जो, कुनै समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्बद्ध सुकुम्बासी संगठनका केन्द्रीय अध्यक्षसमेत थिए ) । अहिले आफू तटस्थ रहेको खड्का बताउँछन् । ८ सय ३५ घर परिवारको ब्यवस्थित बसोबास रहेको सेतापानीका सुकुम्बासीलाई विभिन्न राजनीतिक दलका नेताहरुले चुनावका बेला पटक पटक जग्गा दिलाइदिने आश्वास दिँदै आएका छन् ।
सुकुम्बासी बसेपछि सोही ठाउँमा शान्ति आधारभूत विद्यालय स्थापना भयो । विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएपछि दुई वर्षअघि मात्रै विद्यालयले धनधान्याञ्चल महायज्ञ लगायो । महायज्ञबाट १४ कठ्ठा सोही ठाउँको ऐलानी जग्गा प्राप्त भयो । धान्याञ्चलमा बोलकबोल भएको ८/१० लाख रुपैयाँ भने अझै उठ्न बाँकी रहेको विद्यालयका प्रधानाध्यापक दधी सापकोटाले बताए । धान्याञ्चलबाट जग्गा जमीन बाहेक अरु सबै घाटा लागेको उनको भनाई छ । स्थानीय सुकराम थनेत भने धान्याञ्चलबाट दुई करोड आम्दानी भएको तर अहिलेसम्म हिसाब पारदर्शी नभएको बताउँछन् ।
विद्यालयमा अहिले ३ जना दरबन्दीका र एक जना राहतका शिक्षक छन् । अरु निजी स्रोतबाट राखिएका छन् । निजी स्रोतका शिक्षकहरुलाई ११ महिनादेखि तलब खुवाउन नसकिएको भन्दै प्रधानध्यापक सापकोटा र ब्यवस्थापन समिति अध्यक्ष खड्का मिलेर दाताहरुबाट प्राप्त भएको ऐलानी जग्गा धमाधम बेचिरहेका छन् । उनीहरुले पछिल्लो समय कावासोती नगरपालिका १६ डण्डास्थित नवलपुर बोर्डिङ स्कुलका सञ्चालक हरीहर अधिकारीलाई जग्गा बेचेपछि स्थानीय असन्तुष्ट छन् ।
अभिभावकहरुको किर्ते हस्ताक्षर गरी विद्यालयका लागि दाताबाट दान प्राप्त भएको जग्गा निजी विद्यालयका मालिकलाई बेचेपछि स्थानीयले दुबैजनामाथि आक्रोस देखाएका छन् । प्रधानाध्यापक सापकोटा आफैले निजी विद्यालयका सञ्चालकलाई हारगुहार गरेर जग्गा खरिद गर्न आग्रह गरेको बताए । स्रोतका अनुसार विद्यालयले जग्गा बेच्न लागेको सुनेर आएका अन्य टोलीलाई भने सबैको सहमति नजुटेको भन्दै अध्यक्ष खड्काले फर्काइदिएका थिए ।
‘विद्यालयका लागि हामी आँफैले सहयोग जुटाइरहेका छौं । विद्यालयलाई आर्थिक भार पर्यो भन्ने बहानामा सम्पत्ति बेच्ने अधिकार उनीहरुलाई कस्ले दियो ?,’ स्थानीय सुनीललाल कुमालले भने । शिक्षकलाई तलब खुवाउन नसकेको भन्दै विद्यालयले आर्जेको सम्पत्ति बेच्न नहुने स्थानीयको भनाइ छ । विद्यालय ब्यवस्थापन समितिकी सदस्य राधिका परियारले प्रधानध्यापक र अध्यक्षलाई बाहेक आफूहरुलाई केही थाहा नभएको बताइन् । परियारजस्तै ब्यवस्थापन समितिका अन्य सदस्यहरुले पनि यसबारे जानकारी नभएको बताउँदै आएका छन् ।
यो पटक भएको जग्गा बेचेर तलब खुवाउनुभयो । अर्को पटक के बेच्ने भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष खड्का भन्छन्, ‘अब निजी स्रोतका शिक्षकहरुलाई हटाउने सोंचेका छौं ।’ विद्यालयको नम्बरी अथवा ऐलानी जस्तोसुकै जग्गा भएपनि बेचबिखन गर्ने नमिल्ने जिल्ला शिक्षा विकास समन्वय इकाइ नवलपरासीपूर्वका प्रमुख कृष्णचन्द्र पोखरेलले बताए ।
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१