गाउँ समाजमा शिक्षाको त्यो ज्योति जलाएर
धप–धप बले केदार शर्मा कलम चलाएर
साहित्य, शिक्षा, समाजका त्रिवेणी नै थिए
कदरस्वरुप अभिनन्दनग्रन्थ उपहार लिए
ठान्छु सबका आँखाका नानी,
कति गाऊँ म स्याङ्जाको रामकहानी ?
स्याङ्जाको शिक्षा, साहित्य र समाजसेवाको नाम लिनुपर्दा अग्रपंक्तिमा आउनेमध्येको एउटा नाम थियो, केदार शर्मा ढकाल । पंक्तिकारद्वारा झण्डै दशक अगाडि स्याङ्जाको लक्ष्मी स्मृति पुस्तकालयमा आयोजित सभामा यी पंक्ति वाचन गरिदा मञ्चमा बसेर मुस्कुराइरहेका ढकालको भौतिक शरीर आइतबारबाट हामी माझ छैन । तापनि उनीप्रति समर्पण यी पंक्ति सदावहार सार्थक रहने कर्म गरेर छाडेकाले उनले कमाएको प्रसिद्धि र र स्मृति हामीसँगै छ ।
पिता पं. दुर्गादत्त ढकाल र माता वसुन्धरी ढकालका कोखबाट टिकाजा फापरथुम–८ स्याङ्जामा १९८६ असोज ११ गतेका दिन जन्मेका ढकाल शिक्षा, साहित्य र समाजसेवीका रुपमा चिरपरिचित थिए ।
संस्कृति विषयमा स्नातकोत्तर, बी.एड. र सम्पूर्ण मध्यमाको अध्ययन पूरा गरेका ढकालले ४० वर्ष विभिन्न विद्यालयमा शिक्षण गरेकामा ३० वर्ष त माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर सेवा गरे । सेवननिवृत्त जीवनमा साहित्य र समाजसेवामा क्रियाशील उनी पत्रकारिता पेशामा पनि आबद्ध थिए ।
उनले राष्ट्रिय समाचार समिति गण्डकी अञ्चलको प्रथम संवाददाता भएर काम गरेका थिए ।
यसका साथै गण्डकी साप्ताहिक, साहित्यधारा, युगभाषालगायतका साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका ढकाल दर्जन ज्यादा सम्मान पुरस्कारबाट विभूषित प्रतिभा हुन् ।
शिक्षक संगठन स्याङ्जाका प्रथम अध्यक्ष भएर काम गरेका ढकाल मानवअधिकार संगठन स्याङ्जाका सदस्य, नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण संस्था, आँधीखोला साहित्य सदन, लक्ष्मीस्मृति पुस्तकालय स्याङ्जाका आजीवन सदस्य रहेर सेवा पु¥याउँदै आएका प्रतिभा हुन् ।
उनका ‘आँसु र पसिना’ (कविता २०१५), ‘बाँच्न गाह्रो भो’ (निबन्ध २०४७), ‘जीवन संघर्षको चक्कर ठक्कर’ (निबन्ध २०५८), ‘केदार शर्मा ढकालका केही कविता र काव्य’ (२०६५), ‘केही रचना ः केही सम्झना’ (२०६६) लगायतका कृति प्रकाशित छन् ।
यस्तै मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठानले उनको अभिनन्दनमा २०६९ सालमा डा. महेश्वर शर्माको संयोजकत्वमा ६४८ पृष्ठको ‘केदार शर्मा ढकाल : शिक्षा र साहित्यसेवा’ समीक्षात्मक ग्रन्थसमेत प्रकाशन गरेको छ ।
मनकुमारी केदार शर्मा ढकाल प्रतिभा पुरस्कार प्रतिष्ठानका संस्थापक ढकालसँग ज्येष्ठ नागरिक समिति स्याङ्जाको अध्यक्ष भएर काम गरेको अनुभवसमेत रहेको थियो । उनी मोती साहित्य प्रतिष्ठान र प्रगतिशील लेखक संघ स्याङ्जाका संस्थापक अध्यक्ष थिए ।
ढकालको साहित्यिक व्यक्तित्वका बारेमा शिवप्रसाद तिमिल्सिनाले जीवनी व्यक्तित्व र कृतित्व, सरस्वती सापकोटाले निबन्धकारिता र रेनुका ढकालले साहित्यिक योगदान केन्द्रित विश्वविद्यालयमा शोधसमेत पूरा गरेका छन् ।
तीन छोरा चारबुहारी र आठ नातिनातिनाका अभिभावक रहेका ढकालका छोराबुहारी शरद÷पार्वती र रेखा, इन्दु/स्मृति तथा कान्छा छोराबुहारी समीर÷डा.रजनी ढकालसमेत शिक्षा र साहित्यसेवामा क्रियाशील छन् ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
को होला मिस तामाङ ?
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
hero news full width
मुख्य समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१